काठमाडौं– आइतबार नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकअघि सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीसँग छुट्टै छलफल गरेका छन्।
देउवाले सानेपास्थित पार्टी कार्यालयमा आफ्नो कार्यकक्षमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुड तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्। छलफल अहिले पनि जारी छ।
संसदीय दलको निर्वाचनका लागि निर्वाचन समिति बनाउनेदेखि नयाँ सरकार गठनका बारेमा छलफल गर्न कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो।
मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम परिणाम आयोगले राष्ट्रपति कार्यालय पठाइसकेका कारण अब दलहरुको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ।
शनिबार मात्रै प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।