काठमाडौं– प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्ण प्रसाद भट्टराईको काठमाडौं उपत्यकाबासीलाई (मेलम्चीको) पानी खुवाउने सपना पूरा भएको बताएका छन्।
आइतबार दिवंगत नेता भट्टराईको शालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यका भित्र स्थायी र अस्थायी रुपमा बसोबास गर्ने उपत्याकाबासीलाई विभिन्न आरोह अबरोहबीच खानेपानीको वितरण भइरहेको बताए।
‘आजको दिन मेलम्ची खानेपानी काठमाडौं ल्याउन सुरुवात गर्ने पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झन चाहान्छु। काठमाडौंमा खानेपानी खुवाउने उहाँको सपना पूरा भएको छ,’ देउवाले भने, ‘सुन्दरीजलमा कृष्ण प्रसाद भट्टराईको सालिक अनावरण गर्न पाउँदा मलाई खुसी लागेको छ।’
भट्टराईले २०४८ सालको निर्वाचनको क्रममा भनेको कुरा हाल पूरा भएको देउवाले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।