काठमाडौं– साप्ताहिक कारोबारको पहिलो तथा पुस महिनाको दोस्रो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। सुनको मूल्य ६०० रुपैयाँ बढेर प्रतितोला १ लाख रुपैयाँभन्दा माथि पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ।
यसअघि गत साताको अन्तिम कारोबार दिन, शुक्रबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ४०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ३८० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार भने तोलामा १० रुपैयाँ घटेर चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा किनेबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।