काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। पदाधिकारीको बैठक आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो।
बैठकमा संसदीय दलको नेता चयन र सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ। बैठकले पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई निर्विरोध संसदीय दलको नेता चयन गर्ने भएको छ।
माओवादी केन्द्रको बैठक यसअघि कात्तिक १७ र १८ गते बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।