काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैटक बस्दैछ। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकले संसदीय निर्वाचनका लागि समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ। बुधबारसम्ममा संसदीय दलको नेताका लागि निर्वाचन गर्ने कांग्रेसको तयारी छ।
संसदीय दलको नेताका लागि फेरि पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै दाबी गर्ने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।