काठमाडौं– गायक राजेशपायल राईले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई विश्वेश्वरप्रसाद कोइरालासँग तुलना गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महामन्त्री शर्मामा विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश गुण भएको बताएका हुन्। उनले कसैले उदाहरण दिँदा विश्वेश्वरप्रसाद कोइराला जस्तो होस् भन्ने गरेको भन्दै विश्वेश्वरप्रसाद कोइरालाको गुण आफूले विश्वप्रकाश शर्मामा पाएको बताए।
उनले अन्य नेताहरूले चुनावमा जितेपछि मेरो जित भयो भन्ने गरेपनि शर्माले आफ्नो जित जिल्लावासीको भएको भन्दै आफूलाई बीपीको रुपमा सिद्ध गरेको बताए। उनले कोही पनि मानिसले भ्रम पालेर बस्नु नहुने बताए।
‘नेपाली कांग्रेसमा हामीले जसरी कहिलेकाहीँ बिपी जस्तो भन्छौं, मलाई लाग्छ त्यो नेतामा हुनुपर्ने गुण विश्वप्रकाशमा देखेको छु। जिल्लावासीले जिताइसकेपछि पनि मैले होइन, तपाईंहरूको जित हो भन्ने व्यक्ति कहाँ पाइन्छ? नत्र जितेपछि मैले जितेँ भनेर घमण्ड देखाउँछन्। हामीले भ्रम पालेर बस्नु हुँदैन। हामीले आफूलाई राम्रो प्रमाणित गर्न सक्नुपर्छ’, राईले भने।
गायक राईले सबै मानिसले आफूमा भएको भ्रमलाई त्यागेर आफूलाई समाज र राष्ट्रको लागि राम्रो बनेर प्रमाणित गर्न सक्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।