दाङ- दाङकाे घोराही उपमहानगरपालिका १७ निवासी शिक्षाप्रेमी सुमित्रादेवी रेग्मी, ईश्वरीप्रसाद रेग्मी तथा शोभादेवी रेग्मीले गोरक्ष रत्ननाथ मावि चौघेरामा २ लाख १ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।
विद्यालयको ५०औं बार्षिकोत्सवको अवसरमा उनीहरुले पिता/ससुरा माधवप्रसाद रेग्मी र माता/सासुआमाहरु खिमादेवी रेग्मी र कृतिका रेग्मीको स्मृतिमा ‘स्व. खिमा–माधव–कृतिका स्मृति पुरस्कार’का लागि अक्षयकोष स्थापना गरेका हुन् ।
उक्त कोषवाट विद्यालयका गरिव तथा जेहन्दार बालिकालाई शिक्षण निरन्तरतामा सहयोग पुर्याउने उद्देश्य राखिएको रेग्मी परिवारले जनाएको छ। अक्षयकोष स्थापनाको सम्झौतापत्रमा अक्षयकोष संस्थापकको तर्फबाट ईश्वरीप्रसाद रेग्मी र विद्यालयको तर्फबाट प्राधानाध्यापक सेमलाल मल्लले हस्ताक्षर गरे।
अक्षयकोषको वार्षिक ब्याजबाट कक्षा १० साधारणतर्फ एसईईमा सबैभन्दा बढी अंक ल्याउने १ जना छात्रालाई हरेक वर्ष पुरस्कार प्रदान गरिने छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअको संयुक्त दस्तखतबाट चल्ने खातामा राखेर अक्षयकोष सञ्चालन गर्ने सहमति दुबै पक्षबीच भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।