रेशमलाई भेटेपछि गच्छदार, लक्ष्मण थारुसहितका नेताहरू डिल्लीबजार कारागार अगाडि।
काठमाडौं– नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटेका छन्।
चौधरीलाई भेट्न गच्छदार शनिबार दिउँसो डिल्लीबजारस्थित करागार पुगेका थिए। जहाँ गच्छदार र चौधरीबीच एक घण्टाभन्दा लामो समय कुराकानी भएको बताइएको छ।
गच्छदारले चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले निर्वाचनमा हासिल गरेको सफलताका लागि बधाई दिन पुगेको बताएका छन्।
पछिल्लो समय सत्ता गठबन्धन नागरिक उन्मुक्ति पार्टीसँग सहकार्यका लागि प्रयासरत छ। उन्मुक्ति पार्टीले भने रेशमसहित जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्तालाई बटमलाइन बनाएको छ।
सोही माग सम्बोधन गर्नेगरि सरकारले अघिल्लो आइतबार अध्यादेश ल्याएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको छ। तर, राष्ट्रपतिले अहिलेसम्म प्रमाणीकरण गरेकी छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।