तस्बिर : रासस
काठमाडौं- प्रथम राष्ट्रपति रामवरण यादवले राष्ट्रपतिमा राजनीतिक व्यक्ति नै ल्याउनुपर्ने आशय व्यक्त गरेका छन्। शनिबार नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिको वार्षिक साधारण सभाका लागि पुगेका उनले राष्ट्रपति संवैधानिक र राजनीतिक पद भएको स्मरण गराए।
‘यो जुन सर्वोच्च पद छ, संवैधानिक र राजनीतिक पद हो। त्यो संवैधानिक पद हो। त्यसमा राजनीतिक अनुभव भएको व्यक्ति र संविधानको ज्ञान भएको व्यक्ति नै भयो भने सुन्दर हुन्छ’, यादवले भने।
पत्रकारहरूले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे चर्चा भइरहेको भन्दै उनको धारणा सोधेका थिए। प्रत्युत्तरमा उनले अहिले संस्थाहरूको निर्माण गर्दै गरेको अवस्था भएकाले त्यसबारेमा संसारको धेरै अनुभव रहेको बताए।
त्यस्तै, यादवले लोकतान्त्रिक संस्थाहरूबाट देशको प्रजातन्त्र र लोकतन्त्रलाई मजबुत गर्दै राजनीतिक पार्टीहरूले देशको समृद्धिको यात्रामा सँगै मिलेर राष्ट्रिय धर्म निर्वाह गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।