काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटवार्तामा नयाँ सरकार गठनबारे छलफल भएको बताइएको छ।
स्रोतका अनुसार आगामी सरकार र शक्ति बाँडफाँटका विषयमा दुई नेताबीच छलफल भएको हो। पाँच वर्षे कार्यकालमा प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख जस्ता पदमा शक्ति सन्तुलनलगायतका विषयमा उनीहरुको छलफल भएको बुझिएको छ।
सत्ता गठबन्धुनकै नयाँ सरकार बन्ने सम्भावना देखिएको छ। स्पष्ट बहुमत नआएका कारण केही नयाँ दललाई समेट्न उनीहरुले छलफल चलाइरहेका छन्। साथै महत्वपूर्ण पदको बाँडफाँटमा समेत सुनिश्चितता प्रचण्डले खोजेका छन्।
माओवादी केन्द्रले नेकपा एमालेसँग समेत भेटवार्ता अघि बढाएको छ। केही दिनअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रचण्डले महासचिव देव गुरुङलाई पठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।