फाइल फोटो
काठमाडौं- नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य पूर्णबहादुर खड्काले राष्ट्रपति दिल-दिमागदेखि संविधानप्रति प्रतिबद्ध हुनुपर्ने बताएका छन्।
शनिबार ट्विटरमा उनले 'राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो?' भन्दै लेखेका छन्, 'मेरो प्रष्ट धारणा छ- राष्ट्रपति- देश, जनता र संविधान सभाले बनाएको संविधानप्रति दिल-दिमागदेखि पूर्णरुपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्छ।'
खड्काले उक्त विषयमा नेपाली कांग्रेस पार्टी कसैसँग सम्झौता गर्न नसक्ने र गर्न नहुने लेखेका छन्।
निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै आगामी राष्ट्रपति को हुने चर्चा सुरु भएको छ। त्यसैक्रममा गैरदलीय व्यक्तिको पनि चर्चा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।