काठमाडौं– महोत्तरीमा एक जना भारतीयलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरलाई बुझाएका छन्। नेपाली नोट साँट्न खोज्दा नक्कली नोट पाइएपछि भारतको बिहार राज्य सितामढी जिल्लाका रमन कुमार चौरीलाई स्थानीयले नियन्त्रणमा लिएका हुन्।
घटना मंसिर २९ गतेको हो। महत्तरोको जलेश्वर नगरपालिका–३ मलिवाडा बजार चोकमा अब्दुल अन्सारीको कटघेरा ३ुम्ती पसलमा रमनकुमार नेपाली नोट साँट्न आएका थिए।
तर उनको साथमा भएको रकम नक्कली भएको शंका पाएपछि नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरिएको थियो। खबर पाउनेबित्तिकै प्रहरी चौकी भिठामोडबाट प्रहरी नायब निरीक्षक नारायण दनुवारको कमाण्डमा खटिएको प्रहरीले नक्कली नोटसहित रमनलाई पक्राउ गरेको हो।
उनको साथबाट एक हजार रुपैयाँ दरका ११ थान नोट बरामद गरिएको छ। पक्राउ परेका रमनमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।