धादिङ– धादिङ जेसिसको नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट वर्ष २०२३ का लागि नयाँ कार्यसमिति चयन भएको निर्वाचन अधिकृत प्रमोद पाठकले बताए।
नयाँ कार्यसमितिको अध्यक्षमा अचुत उप्रेती, कार्यकारी उपाध्यक्षमा अरविन रूपाखेती र अकुर रूपाखेती चयन भएका छन् भने अन्य उपाध्यक्षहरुमा अजित यादव, राजेश भट्टराई, नमराज राई र सुवास गजुरेल चयन भएका छन्।
यस्तै, महासचिवमा सरोज गजुरेल, कोषाध्यक्षमा अजय आचार्य र कानुनी सल्लाहकारमा विवेक भण्डारी चयन भएको वर्ष २०२२ का अध्यक्ष जेसी त्रिलोक कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।