काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि ईजरायली राजदूत हनान गोडर गोल्डबर्गरबीच भेटवार्ता भएको छ।
शर्मा र गोल्डबर्गरबीच बिहीबार जंगी अड्डामा भेटवार्ता भएको नेपाली सेनाले विज्ञप्तिमार्फत् जानकारी दिएको छ। उक्त भेटवार्तामा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
‘प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो’, विज्ञप्तिमा भनिएको छ,‘यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।’
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।