• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अनलाइन मिटिङ गराएर नेपालमा बेटिङ धन्दा, बिटक्वाइनमार्फत विदेशमा पैसा

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २९, २०७९  २०:३२
1140x725

काठमाडौं- कतारमा जारी २२औं विश्वकपमा हुने खेलको हारजितलाई लिएर नेपालमा करोडौं रुपैयाँको बेटिङ (सट्टेबाजी) हुने गरेको पाइएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेटिङका काठमाडौंस्थित एजेन्टलाई पक्राउ गरेपछि सो कुरा बाहिर आएको हो। विश्वकप फुटबलमा हुने हारजितलाई रसियन बेटिङ एप वान एक्स बेटमार्फत बेटिङ राख्न लगाएर ठूलो आर्थिक कारोबार हुने गरेको पाइएको छ। 

अपराध अनुसन्धान कार्यालयले बिहीबार मात्रै १० करोड रुपैयाँको सट्टेबाजी कारोबार गरिसकेका एक व्यक्तिलाई पक्राउ गरेको छ। लमजुङको सुन्दरबजार-१ का २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरिएको छ। गौलीले इ-सेवा, आईएमई पे, खल्ती एपमार्फत २ करोड ३६ लाख ३३ हजार १३८ रुपैयाँ बराबरको कारोबार गर्ने गरेको देखिएको छ।

त्यसैगरी विभिन्न २६ वटा वालेटमार्फत उनले ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँ बराबरीको सट्टेबाजी खेलाएको समेत देखिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए। 

सट्टेबाजी खेलाउने वान एक्स एपका नेपालका एजेन्ट हुन् गौली। 

यसअघि कात्तिक २६ गते अपराध अनुसन्धान कार्यालयले नै ललितपुरबाट वान एक्स बेटिङ एपका अर्का एजेन्ट मोहत्तरीका २० वर्षीय आदर्श ठाकुरलाई पक्राउ गरेको थियो। २ करोड २ लाख ८४ हजार ४४८ रुपैयाँ बराबरको सट्टेबाजी उनले खेलाएका थिए। विभिन्न व्यक्तिका नागरिकता र मोबाइल नम्बरबाट ४८५ वटा डिजिटल वालेट खोलेर उनले बेटिङ धन्दा चलाउँदै आएका थिए। उनी विगत ८ महिनादेखि बेटिङ धन्दामा लागेको अनुसन्धानबाट खुलेको थियो। 

बिटक्वाइन र हुण्डीमार्फत विदेशमा पैसा
सट्टेबाजी गरेर प्राप्त भएको रकम बिटक्वाइन र हुण्डीमार्फत विदेशमा पुग्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए। 

‘एजेन्ट राखेर बेटिङ एपमार्फत सट्टेबाजी खेलाएर रकम प्राप्त गर्ने र उक्त रकम बिटक्वाइनमा लगानी गरेर र हुण्डीमार्फत विदेश पुग्ने गरेको अनुसन्धानले देखाएको छ,’ एसपी कोइरालाले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

बिटक्वाइन डिजिटल करेन्सी हो। कम्प्युटर सफ्टवेयरमार्फत गणितीय सूत्रको प्रयोग गरी इन्टरनेटमार्फत बिटक्वाइनको कारोबार गरिन्छ।

बिटक्वाइनद्वारा केही समान खरिद-बिक्री तथा पैसा आदान-प्रदान गर्न बैंक जस्तो तेस्रो पक्षको आवश्यकता पर्दैन। यसको कारोबारमा कुनै सीमा हुँदैन र यसको कारोबार इन्टरनेटबाट हुने हुँदा संसारको जुनै कुनाबाट पनि कारोबार गर्न सकिन्छ। यसैको प्रयोग गरेर सट्टेबाजीमार्फत आर्जन गरेको पैसा विदेश पुग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। 

योसँगै हुण्डीमार्फत पनि विदेशमा पैसा पउाठने गरेको पाइएको छ। 

अनलाइन मिटिङ गरेर बेटिङ धन्दा
काठमाडौंस्थित बेटिङका एजेन्टहरुले हरेक दिन हुने खेलमा राखिने बेटिङबारे अनलाइन मिटिङ गरेर खेलाउने गरेको पाइएको छ। प्रहरी अनुसन्धानका क्रममा वान एक्स बेटका काठमाडौंस्थित एजेन्टहरुले खेलमा सहभागी टिम र तिनीहरुले जित्ने सक्ने आधार, कसले जित्न सक्ने सम्भावना बढी छ, कुन टिमको पक्षमा बाजी राख्दा जित्नेलाई कतिसम्म दिनेजस्ता विषयहरु अनलाइन मिटिङमार्फत टुंगो लगाउने गरेको पाइएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनलाइन मिटिङका लागि एजेन्टहरुलाई कोड उपलब्ध गराइने र मिटिङबाट हारजितको पक्ष-विपक्षमा कति रकम दिनेभन्ने उक्त मिटिङले तोक्ने गरेको पाइएको छ। 

यी एजेन्टहरुले बेटिङमार्फत खेलाएको रकमबाट प्राप्त हुने रकमको २५ प्रतिशत कमिसन लिने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकारीले बताए। 

इन्जिनियरदेखि माल्टा जान लागेकासम्म बेटिङका एजेन्ट
प्रहरीले पक्राउ गरेका गौली माल्टा जान लागेका व्यक्ति हुन्। यसअघि खाडी मुलुक गएर आएका गौली भने अहिले माल्टा जाने तयारीमा रहेका थिए। वान एक्स बेटमा जोडिएर उनले करोडौंको कारोबार गर्दै आएको पाइएको छ। 

यसअघि पक्राउ परेका अर्का व्यक्ति ठाकुर भने सिभिल इन्जिनियरिङका विद्यार्थी हुन्। उनी पोखरामा इन्जिनियरिङ पढ्दै आएका थिए।

रसिया बस्ने डेबिड केसी नाम गरेका व्यक्तिमार्फत उनले नेपालमा बेटिङ धन्दा चलाउँदै आएको पाइएको छ। 

फितलो कानुनको फाइदा
सट्टेबाजी खेलाउने विरुद्ध हुने कारबाहीको प्रक्रिया फितलो भएकाले पनि यो धन्दा मौलाएको प्रहरीको बुझाइ छ। करोडौंको कारोबार भएको देखिए पनि १० हजार रुपैयाँमै छुट्न सक्ने प्रावधान भएकाले सट्टेबाजी धन्दा फस्टाएको प्रहरी अधिकारी बताउँछन्।

मुलुक फौजदारी अपराध संहिता २०७४ को परिच्छेद ५ अन्तर्गतको कसुरमा सट्टेबाजी मुद्दाको कसुर चलाइन्छ। 

परिच्छेद ५ को दफा १२५ मा जुवा सट्टेबाजी गर्नु नहुने उल्लेख छ। सट्टेबाजी गरेमा १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। करोडौं करोडको सट्टेबाजी गरेको व्यक्ति जम्माजम्मी १० हजार जरिवाना तिरेर छुट्ने अवस्था आएका यस्ता प्रकारका अपराधहरुले बढवा पाएको प्रहरी अधिकारीको तर्क छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्