• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दुईपटक गाउँपालिका अध्यक्ष चुनिएकी लक्ष्मीको अर्को ‘छलाङ’

64x64
धनु विश्वकर्मा मंगलबार, पुस ५, २०७९  ०७:१४
1140x725

काठमाडौं- हालै सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट नवलपरासीपूर्व हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा निर्वाचित भएकी छन्। पाण्डे नेपाली कांग्रेसका तर्फबाट महासंघ अध्यक्ष निर्वाचित भएकी हुन्। 

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न महाधिवेशनबाट पाण्डेसहित ३७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ। महासचिवमा भने नेकपा एमालेबाट स्याङ्जा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन भए। 

त्यस्तै, सचिवमा सिन्धुली फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनार निर्वाचित भएकी छन्। दलहरुको सहमतिका आधारमा नेतृत्व सर्वसम्मत चयन गरिएको हो। पहिलो दलबाट अध्यक्ष र उपाध्यक्ष र दोस्रो दलबाट महासचिव र सचिव सर्वसम्मत चयन गर्ने प्रावधान छ। 

पाण्डेको अघिल्लो कार्यकालमा कार्यसदस्यका रुपमा काम गरेको अनुभव छ। उनी २०७४ यता निरन्तर हुप्सेकोट गाउँपालिका अध्यक्ष छन्। नेपालमा ४६० गाउँपालिका छन्। गाउँपालिका राष्ट्रिय महासंघको छाता संगठन हो। 

२०२६ सालमा पाल्पामा जन्मिए पनि पाण्डेको परिवार उनी सानै हुँदा पूर्वी नवलपरासीको पहाडी भेग रकुवामा बसाइँ सर्यो। उनको हुर्काइ र पढाइ पनि रकुवामै भयो। उनलाई पाल्पाका सम्झना भने छैन।

किसान परिवारमा जन्मेकी पाण्डेले प्ररम्भिक शिक्षा भने बेलडाँडी प्राविमा लिइन्। कक्षा ८ सम्म यही विद्यालयमा पढेकी उनले २०४५ सालमा एसएलसी पास गरेपछि कक्षा ११/१२ भने स्याङ्जाको वालिङ क्याम्पसबाट पूरा गरिन्। 

पुर्ख्यौली घर पनि वालिङ नै भएकाले उनका आफ्ना आफन्त यहीँ बस्छन्। त्यसैले उनले वालिङ नै बसेर थप अध्ययन गरिन्। उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत लुम्बिनी क्याम्पसबाट समाजशास्त्रमा मास्टर डिग्री गरेकी छन्। उनी लामो समयसम्म अध्यापन पेसामा संलग्न थिइन्। 

सरकारी जागिर छाडेर राजनीति
लक्ष्मीले अस्थायी र स्थायी गरेर १७ वर्षसम्म अध्यापन गरिन्। नवलपरासीका विभिन्न विद्यालयमा पढाइन्। बेलझाँडीमा रहेको जनतामा माध्यमिक विद्यालयमा लामो समय पढाइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

स्कुले जीवनमा नै नेपाली कांग्रेस निकट महिला संघमा आवद्ध पाण्डे ८ कक्षामा पढ्ने बेला नै नेपाल विद्यार्थी संघमा काम गरिन्। लुम्बिनी क्याम्पस पढ्दा राजनीतिमा थप सक्रिय भइन्। उनका ठूलो बुबा गाउँमा राजनीति गर्थे। ठूलो बुबाको प्रेरणाबाट नै राजनीतिमा सहभागी भएको उनी बताउँछिन्।

पाण्डेले टोलमा आफैंले नेपाल महिला संघको स्थापना गरिन्। त्यतिबेला गाउँ-टोलमा महिला संघको स्थापना भएको थिएन। नेपाल महिला संघको इकाई कमिटी सभापति बनिन्। पार्टीका विभिन्न क्षेत्रमा काम गरिन्। 

नवलपरासी जिल्लाको महिला संघको सभापति भएर काम गरेकी पाण्डेले महिला लोकतान्त्रिक संगठन निर्माण गरिन्। महिलाका मुद्दामा निरन्तर बोलिन्। समाजको तल्लो स्तरमा काम गरिन्। नेपाली कांग्रेसको महासमिति सदस्य समेत बनिन्।

२०७४ सालमा स्थानीय तहको निर्वाचनमा हुप्सेकोट गाउँपालिका अध्यक्षको उम्मेदवार बनिन्। अनि शैक्षिक पेसाबाट राजीनामा दिइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुई पटक हुप्सेकोट गाउँपालिका अध्यक्ष
लक्ष्मी हुप्सेकोट गाउँपालिकाको दुई कार्यकाल अध्यक्ष भइन्। संघीयता कार्यान्वयनपछि २०७० सालमा पहिलो पटक स्थानीय सरकार सञ्चालनमा आएको थियो। त्यतिबेला काम गर्न ठूलै चुनौती थियो। ‘कार्यकारी पदमा जान सजिलो कसैलाई पनि हुँदैन’, उने भनिन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि पार्टीले उनलाई नै गाउँपालिका अध्यक्षमा टिकट दियो। पाँच वर्षको अनुभव थियो। उनी भन्छिन्, ‘मैले काम पहिलो पटक राम्रो काम गरेको पार्टीले मूल्यांकन गर्यो।’ उनी निर्वाचित पनि भइन्। 

संघीयताको सुरुवात गर्दा सिक्दै, चुनौती मोल्दै काम गरिन्। पहिलाका अधुरा काम पूरा गर्न आफुलाई पुन: उम्मेदवार बनाएको पाण्डे बताउँछिन्। ‘व्यक्ति परिवर्तनभन्दा पनि समस्या समाधान चुनौती हो,’ उनी भन्छिन्। जनताको रोजाइ भएर नै दोस्रो कार्यकाल निर्वाचित भएको उनको ठहर छ।

भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि पाण्डे निर्वाचित भइन्। उनले ६ हजार ४५५ मत ल्याइन् भने नेकपा एमालेका चेतबहादुर रानाले ५ हजार ७४१ मत ल्याएका थिए। पाण्डे सत्ता गठबन्धनकी साझा उम्मेदवार थिइन। दुई पटक गाउँपालिका अध्यक्ष हुँदै उनी अहिले गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्ष निर्वाचित भएकी छन्। 

तीन तहको सरकारको पुलको काम गर्न महासंघ
स्थानीय सरकार आफैंमा कार्यकारी भूमिकामा छ। स्थानीय, प्रदेश र संघको सरकारबीच समन्वयकारी भूमिका गर्नाका लागि गाउँपालिका राष्ट्रिय महासंघको स्थापना भएको पाण्डे बताउँछिन्।

उनका अनुसार संघीयताभन्दा पहिला केन्द्रीकृत सरकार थियो। त्यो बेलामा पनि गाविसको पनि महासंघ रहेको थियो। त्यो बेलादेखिको अभ्यासलाई निरन्तरता दिइएको उनले बताइन्। 'गाउँगाउँमा सिंहदरबारको नारा छ। यसलाई कार्यान्वयन गर्नाका लागि पनि महासंघको आवश्यकता छ,' उनले भनिन्।

स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ। 'तीन सरकारबीचको अन्तरलाई जोड्नु छ। बाझिएका कानुनलाई सहज बनाउनु छ,' पाण्डेले भनिन्, ‘म पार्टीभन्दा पनि जनताका सबै जनप्रतिनिधिको साझा प्रतिनिधि बन्नेछु।’

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्