• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दुईपटक गाउँपालिका अध्यक्ष चुनिएकी लक्ष्मीको अर्को ‘छलाङ’

64x64
धनु विश्वकर्मा मंगलबार, पुस ५, २०७९  ०७:१४
1140x725

काठमाडौं- हालै सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट नवलपरासीपूर्व हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा निर्वाचित भएकी छन्। पाण्डे नेपाली कांग्रेसका तर्फबाट महासंघ अध्यक्ष निर्वाचित भएकी हुन्। 

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न महाधिवेशनबाट पाण्डेसहित ३७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ। महासचिवमा भने नेकपा एमालेबाट स्याङ्जा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन भए। 

त्यस्तै, सचिवमा सिन्धुली फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनार निर्वाचित भएकी छन्। दलहरुको सहमतिका आधारमा नेतृत्व सर्वसम्मत चयन गरिएको हो। पहिलो दलबाट अध्यक्ष र उपाध्यक्ष र दोस्रो दलबाट महासचिव र सचिव सर्वसम्मत चयन गर्ने प्रावधान छ। 

पाण्डेको अघिल्लो कार्यकालमा कार्यसदस्यका रुपमा काम गरेको अनुभव छ। उनी २०७४ यता निरन्तर हुप्सेकोट गाउँपालिका अध्यक्ष छन्। नेपालमा ४६० गाउँपालिका छन्। गाउँपालिका राष्ट्रिय महासंघको छाता संगठन हो। 

२०२६ सालमा पाल्पामा जन्मिए पनि पाण्डेको परिवार उनी सानै हुँदा पूर्वी नवलपरासीको पहाडी भेग रकुवामा बसाइँ सर्यो। उनको हुर्काइ र पढाइ पनि रकुवामै भयो। उनलाई पाल्पाका सम्झना भने छैन।

किसान परिवारमा जन्मेकी पाण्डेले प्ररम्भिक शिक्षा भने बेलडाँडी प्राविमा लिइन्। कक्षा ८ सम्म यही विद्यालयमा पढेकी उनले २०४५ सालमा एसएलसी पास गरेपछि कक्षा ११/१२ भने स्याङ्जाको वालिङ क्याम्पसबाट पूरा गरिन्। 

पुर्ख्यौली घर पनि वालिङ नै भएकाले उनका आफ्ना आफन्त यहीँ बस्छन्। त्यसैले उनले वालिङ नै बसेर थप अध्ययन गरिन्। उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत लुम्बिनी क्याम्पसबाट समाजशास्त्रमा मास्टर डिग्री गरेकी छन्। उनी लामो समयसम्म अध्यापन पेसामा संलग्न थिइन्। 

सरकारी जागिर छाडेर राजनीति
लक्ष्मीले अस्थायी र स्थायी गरेर १७ वर्षसम्म अध्यापन गरिन्। नवलपरासीका विभिन्न विद्यालयमा पढाइन्। बेलझाँडीमा रहेको जनतामा माध्यमिक विद्यालयमा लामो समय पढाइन्। 

Ncell 2
Ncell 2

स्कुले जीवनमा नै नेपाली कांग्रेस निकट महिला संघमा आवद्ध पाण्डे ८ कक्षामा पढ्ने बेला नै नेपाल विद्यार्थी संघमा काम गरिन्। लुम्बिनी क्याम्पस पढ्दा राजनीतिमा थप सक्रिय भइन्। उनका ठूलो बुबा गाउँमा राजनीति गर्थे। ठूलो बुबाको प्रेरणाबाट नै राजनीतिमा सहभागी भएको उनी बताउँछिन्।

पाण्डेले टोलमा आफैंले नेपाल महिला संघको स्थापना गरिन्। त्यतिबेला गाउँ-टोलमा महिला संघको स्थापना भएको थिएन। नेपाल महिला संघको इकाई कमिटी सभापति बनिन्। पार्टीका विभिन्न क्षेत्रमा काम गरिन्। 

नवलपरासी जिल्लाको महिला संघको सभापति भएर काम गरेकी पाण्डेले महिला लोकतान्त्रिक संगठन निर्माण गरिन्। महिलाका मुद्दामा निरन्तर बोलिन्। समाजको तल्लो स्तरमा काम गरिन्। नेपाली कांग्रेसको महासमिति सदस्य समेत बनिन्।

२०७४ सालमा स्थानीय तहको निर्वाचनमा हुप्सेकोट गाउँपालिका अध्यक्षको उम्मेदवार बनिन्। अनि शैक्षिक पेसाबाट राजीनामा दिइन्। 

दुई पटक हुप्सेकोट गाउँपालिका अध्यक्ष
लक्ष्मी हुप्सेकोट गाउँपालिकाको दुई कार्यकाल अध्यक्ष भइन्। संघीयता कार्यान्वयनपछि २०७० सालमा पहिलो पटक स्थानीय सरकार सञ्चालनमा आएको थियो। त्यतिबेला काम गर्न ठूलै चुनौती थियो। ‘कार्यकारी पदमा जान सजिलो कसैलाई पनि हुँदैन’, उने भनिन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि पार्टीले उनलाई नै गाउँपालिका अध्यक्षमा टिकट दियो। पाँच वर्षको अनुभव थियो। उनी भन्छिन्, ‘मैले काम पहिलो पटक राम्रो काम गरेको पार्टीले मूल्यांकन गर्यो।’ उनी निर्वाचित पनि भइन्। 

संघीयताको सुरुवात गर्दा सिक्दै, चुनौती मोल्दै काम गरिन्। पहिलाका अधुरा काम पूरा गर्न आफुलाई पुन: उम्मेदवार बनाएको पाण्डे बताउँछिन्। ‘व्यक्ति परिवर्तनभन्दा पनि समस्या समाधान चुनौती हो,’ उनी भन्छिन्। जनताको रोजाइ भएर नै दोस्रो कार्यकाल निर्वाचित भएको उनको ठहर छ।

भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि पाण्डे निर्वाचित भइन्। उनले ६ हजार ४५५ मत ल्याइन् भने नेकपा एमालेका चेतबहादुर रानाले ५ हजार ७४१ मत ल्याएका थिए। पाण्डे सत्ता गठबन्धनकी साझा उम्मेदवार थिइन। दुई पटक गाउँपालिका अध्यक्ष हुँदै उनी अहिले गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्ष निर्वाचित भएकी छन्। 

तीन तहको सरकारको पुलको काम गर्न महासंघ
स्थानीय सरकार आफैंमा कार्यकारी भूमिकामा छ। स्थानीय, प्रदेश र संघको सरकारबीच समन्वयकारी भूमिका गर्नाका लागि गाउँपालिका राष्ट्रिय महासंघको स्थापना भएको पाण्डे बताउँछिन्।

उनका अनुसार संघीयताभन्दा पहिला केन्द्रीकृत सरकार थियो। त्यो बेलामा पनि गाविसको पनि महासंघ रहेको थियो। त्यो बेलादेखिको अभ्यासलाई निरन्तरता दिइएको उनले बताइन्। 'गाउँगाउँमा सिंहदरबारको नारा छ। यसलाई कार्यान्वयन गर्नाका लागि पनि महासंघको आवश्यकता छ,' उनले भनिन्।

स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ। 'तीन सरकारबीचको अन्तरलाई जोड्नु छ। बाझिएका कानुनलाई सहज बनाउनु छ,' पाण्डेले भनिन्, ‘म पार्टीभन्दा पनि जनताका सबै जनप्रतिनिधिको साझा प्रतिनिधि बन्नेछु।’

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
कुरुवालाई खाना पकाउने व्यवस्थासहित वीरमा थपियो आकस्मिक कक्ष सोमबार, माघ ५, २०८२
कैलाली–५ बाट त्रिविका पूर्व उपप्राध्यापक आनन्द चन्द रास्वपाका उम्मेदवार सोमबार, माघ ५, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
धादिङ-१ बाट आशिका तामाङ बनिन् रास्वपा उम्मेदवार सोमबार, माघ ५, २०८२
मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्