काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन्।
उनले दिएको राजीनामा बिहीबार स्वीकृत गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
प्रभाकरले केहीदिनअघि नै राजीनामा दिने मनस्थिति बनाएको विषय बाहिरिएको थियो। यद्यपि, उनले औपचारिक रूपमा बिहीबारमात्र राजीनामा दिएको बताएका हुन्।
पुबुदु दासानायकेले पद छोडेपछि गत साउनमा प्रभाकर नेपालको प्रशिक्षक बनेका थिए। तर, नेपालको प्रदर्शन नभएपछि उनले राजीनामा दिएका हुन्।
भारतका पूर्वक्रिकेटर प्रभाकरले नेपाली क्रिकेटरमा अनुशासनको कमी देखिएको आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।