काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ४ महिना (कात्तिकसम्म)को मुलुकको अर्थतन्त्रको अवस्था सार्वजनिक गरेको छ। यस अवधिसम्म मुलुकको शोधनान्तर अवस्था २० अर्ब ३ करोड रुपैयाँले बचतमा गएको छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो। लामो समयदेखि घाटामा रहेको शोधनान्तर अवस्था गत असोज महिनादेखि बचतमा आएको हो। असोजमा शोधनान्तर १२ अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको थियो।
मुलुक बाहिरिने भन्दा भित्रिने रकम बढी हुनु नै शोधनान्तर बचत हो। सरकारले आयातमा कडाइ गरेकाले पनि शोधनान्तरमा सकारात्मक प्रभाव परेको हो। यता, चालु खाताको घाटामा पनि उल्लेख्य मात्रामा कमी आएको छ।
समीक्षा अवधिमा चालु खाता ३५ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने चालु खाता २ खर्ब २० अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।