• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कर्णालीको मुख्यमन्त्रीका लागि कांग्रेसभित्रै प्रतिस्पर्धा

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २९, २०७९  १५:०१
1140x725

काठमाडौं– नयाँ निर्वाचन सम्पन्न भएसँगै केन्द्र र प्रदेश सरकारको नेतृत्वका लागि तीव्र लबिइङ चलिरहेको छ। खासगरी सत्ता गठबन्धनभित्र शक्ति बाँडफाँट कसरी गर्ने भन्ने आन्तरिक गृहकार्य भइरहेको छ। वर्तमान सत्ता गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरिसकेका गठबन्धनका शीर्ष नेताहरूले शक्ति बाँडफाँटमा प्याकेजमै सहमति गर्ने बताइरहेका छन्।

तर, नेतृत्वका लागि अन्तरपार्टी मात्र होइन पार्टी–पार्टीभित्र पनि आकांक्षी बढिरहेका छन्। चुनावबाट पहिलो पार्टी बनेको नेपाली कांग्रेसभित्र पनि संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिन्छ। दलको नेताका लागि देउवाले औपचारिक रुपमा केही बोलेका छैनन्, तर महामन्त्री थापाले भने प्रधानमन्त्री बन्नेगरी दलको नेतामा उठ्ने घोषणा गरिसकेका छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि गगनका लागि ‘क्याम्पियन’ गरिरहेका छन्। देउवा समूहका नेताहरू भने देउवालाई नै अघि सार्ने गरी दौडधुपमा छन्। 

केन्द्रमा जस्तै कर्णाली प्रदेशमा पनि दलको नेताका लागि कांग्रेसभित्र तीव्र प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनबीच कर्णाली प्रदेश सरकारको नेतृत्व कांग्रेसलाई दिने सहमति भएको खण्डमा दलको नेता नै मुख्यमन्त्री हुने भएकाले प्रतिस्पर्धा चर्को देखिन्छ। 

हालका मुख्यमन्त्री जीवनबहादुर शाही पुन: मुख्यमन्त्रीमा दोहोरिने योजनामा रहेका बेला कांग्रेस केन्द्रीय सदस्य एवं जाजरकोट प्रदेश सभा (२) बाट निर्वाचित राजीव विक्रम शाहले पनि दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका छन्। प्रतिनिधि सभा सदस्यका आकांक्षी रहेका उनी गठबन्धनबीच जाजरकोटमा माओवादीका शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाउने सहमति भएपछि प्रदेश सभा सदस्यका उम्मेदवार बनेका थिए। 

दलको नेताका लागि आफू हरेक हिसाबले योग्य रहेको भन्दै शाहले आफू त्यसको तयारीमा जुटेको बताएका छन्। ‘नेपाली कांग्रेस कर्णाली प्रदेश सभामा संसदीय दलको नेताको रुपमा मैदानमा उत्रने तयारीमा छु’, शाहले भने, ‘प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो। म दलको नेताको प्रतिस्पर्धाबाट पछि हट्दिनँ। नेताहरूले मलाई प्रतिस्पर्धा गर्न दिनुपर्छ।’ 

nimb
nimb

उनले आफ्ना सिनियर नेताहरूलाई सम्मान गर्दै आफू निर्वाचित क्षेत्र जाजरकोट र समग्र कर्णालीको विकास, सुशासन र समृद्धिका लागि दलको नेतामा उम्मेदवारी दिन लागेको बताए। 

शाहले आफूले पार्टीभित्र १३औं महाधिनवेशनदेखि नै त्याग गर्दै आएको समेत उल्लेख गरे। कांग्रेसको १३‍औं महाधिवेशनमा शाह केन्द्रीय सदस्यका दाबेदार थिए। तर, त्यतिबेला उनलाई केन्द्रीय सदस्य उठ्नबाट ‘ब्याक’ गराइएको थियो। त्यतिबेला जीवन शाही नै केन्द्रीय सदस्य बनाइएका थिए। केन्द्रीय सदस्यबाट ‘ब्याक’ गराइएका शाहलाई तत्कालीन अवस्थामा कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आउँदा मन्त्री बनाउने भनिएको उनीनिकट स्रोतको दाबी छ। तर, पछि शाहीलाई नै मन्त्री बनाइएको थियो। यी दुवै जना त्यतिबेला संविधान सभा सदस्य थिए।

‘पार्टीको १४औं महाधिवेशनमा पनि उहाँ कर्णाली प्रदेश समितिको सभापतिका लागि बलियो दाबेदार हुनुहुन्थ्यो। तर, अग्रजलाई सम्मान र अनुशासनमा रहेर अरुलाई नै निर्विरोध हुने वातावरण बनाएर त्याग गर्नुभयो’, शाहनिकट एक नेता भन्छन्, ‘पटक–पटक अरुकै लागि पछि हट्ने कुरा हुँदैन। त्यही भएर उहाँले यसपटक कर्णालीमा संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।’ 

१४औं महाधिवेशन भने शाह केन्द्रीय सदस्यमा निर्वाचित भए भने शाही पराजित भएका थिए। दलको नेताको तयारी गरिरहेका शाही र शाह दुवै कांग्रेसभित्र एकै समूहका हुन्। पार्टीभित्र समूह एउटै भए पनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको साथ शाहीलाई रहने देखिन्छ। शाहले ‘बालुवाटार’कै साथ पाए भने चाहिँ उनी दलको नेता हुँदै मुख्यमन्त्री हुन सक्नेछन्। देउवासँगै उनकी पत्नी आरजुसँग पनि शाहको निकट सम्बन्ध छ।

मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा कर्णाली प्रदेशमा कांग्रेसले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ५ गरि १४ सिट जितेर पहिलो पार्टी बनेको छ। 

कर्णालीमा दोस्रो दल बनेको माओवादी केन्द्रले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ४ सिट जितेको छ। गठबन्धनको घटक एकीकृत समाजवादीले समानुपातिकतर्फ एक मात्र सिट जितेको छ। यी तीन दलको सांसद संख्या २८ हुन्छ। जबकि सरकार बनाउनका लागि २१ सांसदको साथ भए पुग्छ। कर्णाली प्रदेश सभा ४० सदस्यीय छ।

प्रमुख प्रतिपक्ष एमालेले भने प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ ५ सिट जितेको छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १५:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्