काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बिहीबार सुनको मूल्त तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार भने सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार र तेजाबी सुन प्रतितोला १ लाख ५०० रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३८० रुपैयाँ कायम भएको छ। बुधबार भने तोलामा २० रुपैयाँ बढेर चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।