तनहुँ- तनहुँमा मदिरा सेवन गरेकी श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन्। शुक्लागण्डकी नगरपालिकाकी सुशीला विकले मदिरा पिएर श्रीमान्लाई कुटपिट गरेकी थिइन्। 
घटना बुधबार साँझ साढे ९ बजेतिरको हो। बुधबार साँझ मदिरा सेवन गरी विवाद गरेकी सुशीलाले श्रीमान् ४० वर्षीय मनबहादुर नेपालीलाई कुटपिट गरी ढुंगाले टाउकोमा हिर्काएकी थिइन्। 
श्रीमतीको कुटपिटबाट गम्भीर बनेका नेपालीको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्रमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 
पोखरा महानगरपालिकाको सिसुवा स्थायी घर भएका उनी हाल तनहुँको शक्ला गण्डकी–४ प्रगति टोलमा श्रीमतीसँगै डेरामा बस्दै आएका थिए। घरयाँसी कुरामा विवाद भएको र त्यसपछि सुशीलाले मनबादुरलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। 
कुटपिटका साथै झगडाले उग्र रुप लिँदा मनबहादुरको टाउकोमा ढुंगाले हिर्काएकी थिइन्। गम्भीर बनेका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। प्रहरीले हत्या आरोपमा सुशीलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।