• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अब के गर्छन् अमरेश सिंह र प्रभु साह?

64x64
नवीन झा बिहीबार, मंसिर २९, २०७९  १३:०३
1140x725

काठमाडौं– मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्दा अमरेश कुमार सिंह र प्रभु साहले आ–आफ्नो पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिए। साहले एमालेबाट पाएको टिकट ‘होल्ड’ गर्दै रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिए भने सिंहलाई उनको पार्टी नेपाली कांग्रेसले टिकट नै नदिएपछि सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवार बने। संयोगले साह र सिंह दुवै निर्वाचित भए।

उनीहरूसँगै प्रतिनिधि सभामा पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। सत्ता गठबन्धनलाई सरकार बनाउन बहुमत नहुँदा स्वतन्त्रको संख्या नयाँ संसद्‌मा सरकार बनाउन ‘म्याजिक संख्या’ देखिएको छ। सिंह र साहसँगै रौतहट–२ बाट साहनिकट किरण साह, मोरङ–५ बाट योगेन्द्र मण्डल निर्वाचित भएका छन् भने बर्दिया–२ बाट लालवीर चौधरी निर्वाचित भएका छन्। चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बुवा समेत हुन। त्यही भएर उन्मुक्ति पार्टी जता जान्छ लालवीर उतै लाग्ने आकलन छ। 

प्रदेशहरूमा पनि निर्वाचित भएका स्वतन्त्र उम्मेदवारहरूको संख्या यो पटक ‘म्याजिक’ रुपमा उदाएको छ। जसकारण स्वतन्त्र सांसदहरू अब के गर्छन् भन्ने चासो देखिएको छ। सिंह विगतमा नेपाली कांग्रेस र साह एमालेसहित माओवादीमा प्रभावशाली भूमिकामा देखिएकाले उनीहरूको सम्भावित कदमलाई लिएर चासो देखिएको छ।

यो बीचमा यी दुवै नेताहरू नयाँ पार्टी खोल्ने गृहकार्यमा जुटेका सूचना पनि सार्वजनिक भएका छन्। प्रतिनिधि सभादेखि प्रदेश सभासम्म निर्वाचित स्वतन्त्र सांसदहरूलाई एकीकृत गरेर नयाँ पार्टी बनाउने चर्चाले अहिले राजीतकि वृत्त तातेको छ। 

तर, साह र सिंह अहिले नै कुनै निर्णयमा पुगिनसकेको बताउँछन्। नेपाल लाइभसँग सम्पर्कमा आएका साह र सिंहले तत्कालै नयाँ पार्टी गठन गरिहाल्ने अवस्थामा पुगिनसकेको बताए। ‘अब के गर्ने भन्ने छलफलहरू चाहिँ सुरु गरेका हौं’, सिंहले भने, ‘अहिले तत्कालै पार्टी गठनतर्फ अघि बढेका होइनौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो विद्रोहलाई जनताले साथ दिएकाले उनीहरूको सल्लाह अनुसार अघि बढ्ने सोच रहेको सिंह बताउँछन्। ‘नेपाली कांग्रेसले मलाई निर्वाचित क्षेत्रमा टिकट नदिएर अन्य नेतालाई उम्मेदवार बनायो’, सिंहले भने, ‘मैले विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएँ। जनताले अनुमोदन गरे। अहिले थरीथरी ढंगले विश्लेषण र समाचारहरू आइरहेका छन्। तर, म हतारमा कुनै निर्णय गर्ने पक्षमा छैन।’ 

हतारमा पार्टी गठन गरेर फुर्सदमा पछुताउने काम नगर्ने सिंहको भनाइ छ। पछिल्ला केही दिनयता आफू माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित स्वतन्त्र जितेका प्रभु साहलगायतका नेतासँग छलफलमा भएपनि कुनै ठोस निष्कर्षमा पुगिनसकेको सिंहको भनाइ छ। उनले आफू यो संसद्को केही वर्ष स्वतन्त्र भूमिकामै रहने सम्भावना पनि औंल्याए।

साह भन्छन्– संगठन चाहिन्छ तर, तत्कालै केही गर्ने पक्षमा छैनौं
लामो समय माओवादीमा राजनीति गरेका र पटक–पटक मन्त्री भएका प्रभु साह नेकपा विभाजनको बेला एमालेमै बसे। एमालेले उनलाई मधेश प्रदेशको प्रमुख नेतामध्येक एकका रुपमा पनि भूमिका दियो। तर, त्यहाँ उनी टिक्न सकेनन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दिने दिन एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिए। उनले एमालेले जसपासँग गरेको तालमेलको विरोध गर्दै पार्टी परित्याग गरेको घोषणा गरे। जसपाले मधेशमा दिएका सबै उम्मेदवारीविरुद्ध स्वतन्त्र उम्मेदवार खडा गरे। मधेश प्रदेश सभातर्फ निर्वाचित ६ जना स्वतन्त्र सांसद जिताउन साहकै भूमिका रहेको बताइन्छ। तर, उनीहरूले साहलाई साथ दिन्छन् दिँदैनन्, त्यो भने हेर्न बाँकी नै छ। 

साहले आफूनिकट स्वतन्त्र सांसदहरूसँग छलफल अगाडि बढाएका छन्। तर, तत्कालै नयाँ पार्टी खोल्ने चर्चामा भने सत्यता नभएको साहको दाबी छ। ‘के गर्ने भनेर भर्खर छलफल प्रारम्भ गरेको छु। अहिले नै यो वा त्यो भन्ने छैन। राजनीतिमा संगठन महत्त्वपूर्ण कुरा हो’, साहले नेपाल लाइभसँग भने।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्