• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अब के गर्छन् अमरेश सिंह र प्रभु साह?

64x64
नवीन झा बिहीबार, मंसिर २९, २०७९  १३:०३
1140x725

काठमाडौं– मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्दा अमरेश कुमार सिंह र प्रभु साहले आ–आफ्नो पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिए। साहले एमालेबाट पाएको टिकट ‘होल्ड’ गर्दै रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिए भने सिंहलाई उनको पार्टी नेपाली कांग्रेसले टिकट नै नदिएपछि सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवार बने। संयोगले साह र सिंह दुवै निर्वाचित भए।

उनीहरूसँगै प्रतिनिधि सभामा पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। सत्ता गठबन्धनलाई सरकार बनाउन बहुमत नहुँदा स्वतन्त्रको संख्या नयाँ संसद्‌मा सरकार बनाउन ‘म्याजिक संख्या’ देखिएको छ। सिंह र साहसँगै रौतहट–२ बाट साहनिकट किरण साह, मोरङ–५ बाट योगेन्द्र मण्डल निर्वाचित भएका छन् भने बर्दिया–२ बाट लालवीर चौधरी निर्वाचित भएका छन्। चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बुवा समेत हुन। त्यही भएर उन्मुक्ति पार्टी जता जान्छ लालवीर उतै लाग्ने आकलन छ। 

प्रदेशहरूमा पनि निर्वाचित भएका स्वतन्त्र उम्मेदवारहरूको संख्या यो पटक ‘म्याजिक’ रुपमा उदाएको छ। जसकारण स्वतन्त्र सांसदहरू अब के गर्छन् भन्ने चासो देखिएको छ। सिंह विगतमा नेपाली कांग्रेस र साह एमालेसहित माओवादीमा प्रभावशाली भूमिकामा देखिएकाले उनीहरूको सम्भावित कदमलाई लिएर चासो देखिएको छ।

यो बीचमा यी दुवै नेताहरू नयाँ पार्टी खोल्ने गृहकार्यमा जुटेका सूचना पनि सार्वजनिक भएका छन्। प्रतिनिधि सभादेखि प्रदेश सभासम्म निर्वाचित स्वतन्त्र सांसदहरूलाई एकीकृत गरेर नयाँ पार्टी बनाउने चर्चाले अहिले राजीतकि वृत्त तातेको छ। 

तर, साह र सिंह अहिले नै कुनै निर्णयमा पुगिनसकेको बताउँछन्। नेपाल लाइभसँग सम्पर्कमा आएका साह र सिंहले तत्कालै नयाँ पार्टी गठन गरिहाल्ने अवस्थामा पुगिनसकेको बताए। ‘अब के गर्ने भन्ने छलफलहरू चाहिँ सुरु गरेका हौं’, सिंहले भने, ‘अहिले तत्कालै पार्टी गठनतर्फ अघि बढेका होइनौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो विद्रोहलाई जनताले साथ दिएकाले उनीहरूको सल्लाह अनुसार अघि बढ्ने सोच रहेको सिंह बताउँछन्। ‘नेपाली कांग्रेसले मलाई निर्वाचित क्षेत्रमा टिकट नदिएर अन्य नेतालाई उम्मेदवार बनायो’, सिंहले भने, ‘मैले विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएँ। जनताले अनुमोदन गरे। अहिले थरीथरी ढंगले विश्लेषण र समाचारहरू आइरहेका छन्। तर, म हतारमा कुनै निर्णय गर्ने पक्षमा छैन।’ 

हतारमा पार्टी गठन गरेर फुर्सदमा पछुताउने काम नगर्ने सिंहको भनाइ छ। पछिल्ला केही दिनयता आफू माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित स्वतन्त्र जितेका प्रभु साहलगायतका नेतासँग छलफलमा भएपनि कुनै ठोस निष्कर्षमा पुगिनसकेको सिंहको भनाइ छ। उनले आफू यो संसद्को केही वर्ष स्वतन्त्र भूमिकामै रहने सम्भावना पनि औंल्याए।

साह भन्छन्– संगठन चाहिन्छ तर, तत्कालै केही गर्ने पक्षमा छैनौं
लामो समय माओवादीमा राजनीति गरेका र पटक–पटक मन्त्री भएका प्रभु साह नेकपा विभाजनको बेला एमालेमै बसे। एमालेले उनलाई मधेश प्रदेशको प्रमुख नेतामध्येक एकका रुपमा पनि भूमिका दियो। तर, त्यहाँ उनी टिक्न सकेनन्।

प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दिने दिन एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिए। उनले एमालेले जसपासँग गरेको तालमेलको विरोध गर्दै पार्टी परित्याग गरेको घोषणा गरे। जसपाले मधेशमा दिएका सबै उम्मेदवारीविरुद्ध स्वतन्त्र उम्मेदवार खडा गरे। मधेश प्रदेश सभातर्फ निर्वाचित ६ जना स्वतन्त्र सांसद जिताउन साहकै भूमिका रहेको बताइन्छ। तर, उनीहरूले साहलाई साथ दिन्छन् दिँदैनन्, त्यो भने हेर्न बाँकी नै छ। 

साहले आफूनिकट स्वतन्त्र सांसदहरूसँग छलफल अगाडि बढाएका छन्। तर, तत्कालै नयाँ पार्टी खोल्ने चर्चामा भने सत्यता नभएको साहको दाबी छ। ‘के गर्ने भनेर भर्खर छलफल प्रारम्भ गरेको छु। अहिले नै यो वा त्यो भन्ने छैन। राजनीतिमा संगठन महत्त्वपूर्ण कुरा हो’, साहले नेपाल लाइभसँग भने।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] न्यौपानेले समयावधि बाँकी रहे पनि क्युरेक्स फर्मासिटिकल्सबाट उत्पादित औषधिको गुणस्तर नरहेकोबारे प्रश्न उठाउन खोजेका थिए। मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? सामान्यतया विदेश भ्रमणमा निस्कँदा शुभकामना, उपहार वा आवश्यक सामग्री दिने चलन हुन्छ। तर, प्रधानमन्त्री शाहको यसपटकको गन्तव्य र वाग्ले... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्