• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभाका अध्यक्षले सुविधा बढाउन सकिँदैन भनेपछि कर्मचारीले माइक बिगारिदिए!

64x64
नेपाल लाइभ बुधबार, मंसिर २८, २०७९  १८:५४
1140x725

काठमाडौं– संसद् सचिवालयले १६औं संसद् सेवा दिवस मनाइरहेको छ। संसद् सेवा दिवस मनाइरहँदा भएका गतिविधिहरुले सबैको ध्यान तानेको छ। 

मंगलबार संसद् सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद् सचिवालयका लागि बजेट बढाउन नमिल्ने र जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुने बताए।

अध्यक्ष तिमिल्सिनाको उक्त भनाइबाट रुष्ट संसद् सचिवालका कर्मचारीहरुले बुधबार संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र प्राविधिक कुरामा समस्या खडा गरिदिए। तोकिएको समयमा कर्मचारीहरु कार्यक्रमस्थलमा नपुगेको र कार्यक्रममा माइक बिगारिदिएको आरोप अध्यक्ष तिमिल्सिनाले बताए।

सेवा, सुविधा अहिले बढाउनसक्ने अवस्था छैन भन्दैमा यस्ता त्रुटीहरु गरेको भन्दै उनले आपत्ति जनाए। उनले कर्मचारीले जनतालाई दिने सेवा सुविधा र पाउने सेवा सुविधा एक आपसमा जोडिने भन्दै उनले कहिलेकाहीँ सुविधाहरु कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा पछि हट्नु नहुने बताए।

उनले विमोचन गर्ने पुस्तक ढिला ल्याउनु, राष्ट्रगान बजाउने बेलामा माइक नै बिगार्नु र प्राविधिक विषयमको व्यवस्थापन नभइकन कार्यक्रम सञ्चालन गर्नु सेवा नै नपुगेर हो? भन्दै प्रश्नसमेत गरे। उनले आफ्ना दायित्व कर्मचारीहरुले पूरा नगरेको कुरा सम्झिने कि नसम्झिने भन्दै प्रश्न गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

अध्यक्ष तिमिल्सिनाले संघीय संसद्‌मा काम गर्ने कर्मचारीले भन्सारको डिजी हुन चाहेको भाषणा गरेको भन्दै आपत्ति जनाए। उनले माइक बिगारेर, कार्यक्रममा अन्टसन्ट गरेर सेवा, सुविधा बढ्छ भन्ने भ्रम पालेर नबस्न आग्रह गरे। अध्यक्ष तिमिल्सिनाले आफूले कोही पनि कर्मचारीलाई गोजीबाट पुरस्कृत र बढुवा गरेको देखाउन चुनौती दिँदै त्यस्तो पाए आफूले तत्काल पदबाट राजीनामा दिनेपनि बताए।
 
‘देशभर निर्वाचनको माहोल थियो, अब अन्यत्रको माहोल सकिएको छ, संघीय संसदभित्र निर्वाचन छिरेजस्तो मलाई लागेको छ। बाहिरको निर्वाचनको रौनक अब यहाँ आएको जस्तो भएको छ। हामीले दिने सेवा र हामीले पाउने सुविधा एक आपसमा अवश्य पनि जोडिन्छ। तर, यसको मतलa यो होइन कि, कहिलेकाहीँ सुविधाहरु कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा हामी पछि हट्नुपर्छ वा त्यसलाई ढिलासुस्ती गर्नुपर्छ, यो हुन सक्दैन। म हिजोबाट हेरिरहेको छु, अरु त सबै व्यवस्थापन समितिले संघीय संसद्को नेतृत्वले वा नेपाल सरकारले सुविधा दिएर यहाँहरुले भन्नुभएको कमी कमजोरीहरु भएका होलान्, विमोचन गर्ने पुस्तक पनि सेवा नभएर यति ढिला आयो। माइकहरु राष्ट्रगान बजाउने बेलामा, बोल्ने बेलामा सेवा नै नपुगेर मात्रै हो बिग्रिएको?’, तिमिल्सिनाले भने।

‘केही करारमा बाहेक, सबै लोकसेवा लडेर आउनुभएको छ। लोकसेवा लड्दा खालि सहसचिव, उपसचिव, अधिकृतको प्रतिस्पर्धा मात्रै हेर्नुभयो कि? त्यहाँ जाँदा सेवा, सुविधा के हुन्छ भनेर पनि हेर्नुभयो? संघीय संसद्‌मा आएर भन्सारको डिजी हुन चाहनेहरु पनि देखियो। कसरी तालमेल मिल्छ यो कुरा?’, उनले थपे, ‘आफूले सुधार्नुपर्ने कुरा कतै नबोल्ने, के चाहियो खालि सुविधा, सुविधा चाहिन्छ तर सेवा पनि चाहियो। यही सेवाबाट राम्रो गर्छौं भनेर लोकसेवा लडेर आउनुभएको छ नि। कि झुक्याएको छ। लोकसेवाबाट यहाँ आउने बेलामा धेरै चिज आउँछ, भन्सारमा पनि जान पाइन्छ, मुख्यसचिव पनि हुन पाइन्छ भनेर हामीले रोक्यौँ। माइक बिगारेर, कार्यक्रममा अन्टसन्ट गरेर पाउँछौँ भनेर कहिल्यै नसोच्नुस्। यो सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरु पकेटको, मेरो आफ्नो भने र गर्नु नहुनेलाई गरेको छ भने म त्यसको सम्पूर्ण जिम्मा लिन्छु, अन्यथा यस्ता कुरा गरेर कहीँ पुगिँदैन।’

त्यस्तै, संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले अध्ययन विदाका लागि र क्षमता विकास गर्ने कुरामा संसद् सचिवालयले कुनै कर्मचारीलाई नरोकेको बताए। उनले बढुवाको अनुमोदन गर्ने कुरामा कर्मचारीहरुकै सहजताको लागि आफू ५ बजेसम्म बसेर भएपनि काम गरेको भन्दै साना कामहरुमा झमेला झिकेर नबस्न आग्रह गरे।

उनले आफू र व्यवस्थापनलाई प्रशंसा नचाहिएको भन्दै कर्मचारीहरुले आफ्ना जिम्मेवारी र काम पूर्ण रुपमा गर्न र संसद्ले गरेका कामहरु कमजोर नदेख्न आग्रह गरे। कर्मचारीहरु कार्यक्रम छ भनेर अघिल्लो दिन नै जानकारी दिँदासमेत समयमा उपस्थिति नभएको र प्राविधिक कुराहरुमा भएका गल्तीको जिम्मा आफूले लिने उनको भनाइ छ।

‘चार जना साथीहरु अध्ययन विदामा छात्रवृत्ति पाएर जानुभएको छ। क्षमता वृद्धिको लागि निर्णय गर्ने भनेर गरिएको छ। एमओयु गर्नुपर्छ भनेर पनि गरिएको छ, अध्ययन विदा दिएको छ, मलाई बताउनुहोस्, अध्ययन विदा बाहरि कति गाह्रो छ, प्रत्येक साथीहरुलाई भनेको छु, ग्लोबल कम्पिटीसन गर्नुहोस्, सरकारबाट कन्फर्म सिट आउला र बसौंला भन्नेकुरा छैन’, उनले भने, ‘तपाईहरु गर्नुस् हामी विदा दिन्छौँ। हामीले दिनसक्ने कुरा पो बोल्ने हो। तपाईंहरूको बढुवा हामीले कति लडेर ल्याएको हो, सचिवज्यूहरुले कति लड्नुभयो। तपाईंहरु अण्डरस्टिमेट गर्ने? त्यो मोटिभेसन हो कि होइन? कति वर्ष हल्लिएको थियो। त्यो कुरा लागू भएको थियो?’

महासचिव गौतमले कर्मचारीहरुले आफ्ना जिम्मेवारी र दायित्व राम्रोसँग निभाउने हो भने आम नागरिक, सांसद, नेता सबैले त्यसको लाभ लिने भन्दै कर्मचारीहरुको सेवा सुविधामा पनि नतिजामुखी कामले नै विस्तार गर्न सकिने बताए। 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन
सम्बन्धित सामग्री
हर्क साम्पाङले भने-‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’ प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम ९२० अनुसार प्रधानमन्त्रीलाई सदनमा ल्याउन सभामु... बुधबार, जेठ १३, २०८३
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्... बुधबार, जेठ १३, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप बैठकमा बोल्दै उनले संसद् सञ्चालन सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने भए पनि व्यवहारमा त्यसको पालना नभएको टिप्पणी गरिन्। मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत बुधबार, जेठ १३, २०८३
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ बुधबार, जेठ १३, २०८३
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन बुधबार, जेठ १३, २०८३
कृषि क्षेत्रमा आर्थिक वृद्धिदर घट्ने बुधबार, जेठ १३, २०८३
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्