• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अध्यादेश ‘होल्ड’ गर्ने मनस्थितिमा राष्ट्रपति भण्डारी  

64x64
नेपाल लाइभ बुधबार, मंसिर २८, २०७९  १८:०७
1140x725

काठमाडौं– प्रतिनिधि सभाको अन्तिम मत परिणाम आइसकेको छ। निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुनेहरुको नामावलीको अन्तिम विवरण राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने समय तोकेको छ। मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम बुझाउन आयोगले बिहीबार समयपाएको छ। राष्ट्रपतिले निर्वाचनको परिणाम बुझेसँगै सरकार गठनको प्रक्रिया सुरु हुनेछ।

राष्ट्रपतिले ३० दिनको समय तोकेर सरकार गठन प्रक्रिया सुरु गर्ने संवैधानिक व्यवस्था छ। सरकार गठनका लागि दलहरुका बीचमा अनौपचारिक दौडधुप चलिरहँदा राष्ट्रपति कार्यालय भने सरकारले सिफारिस गरेको अध्यादेशका बारेमा गम्भीर छलफलमा लागेको छ। सरकारले मुलुकी फौजदारी संहितामा केही परिर्वतन गर्दै जेलमा रहेका टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीसहित अन्यलाई छुट दिनेगरी अध्यादेश मन्त्रिपरिषद्‌बाट निर्णय गरेर जारी गर्नका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९’ ल्याउने निर्णय गरेको थियो। उक्त अध्यादेश सोमबार प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेको थियो।  संसद् अधिवेशन कायम नभएको र सरकारलाई तत्काल काम गर्नका लागि बाधा परेमा अध्यादेश ल्याउन सकिने संवैधानिक व्यवस्थाअनुसार सरकारले यो अध्यादेश ल्याउने निर्णय गरेको थियो। सरकारले सिफारिस गरेको अध्यादेश प्राप्त भएको दुई दिन भइसक्दा पनि राष्ट्रपति कार्यालयले भने कुनै निर्णय दिएको छैन। राष्ट्रपति भण्डारीले उक्त अध्यादेश ल्याउने निर्णय विवादित भएको भन्दै कानुनी परामर्श गरिरहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 

के गर्दैछ राष्ट्रपति कार्यालय? 

कुनै समय अध्यादेश राष्ट्रपति कार्यालय पुगेको केही घण्टामै जारी हुने तर अहिले दुई दिनसम्म रोकेर राखेको भनि आलोचना भइरहँदा पनि राष्ट्रपति कार्यालयले अध्यादेशबारे कुनै टिप्पणी गरेको छैन। तर, राष्ट्रपति भने अध्यादेशको चौतर्फी विवाद बढ्दै गएको र फिर्ता लिन माग भइरहेकाले मौन बसेको देखिन्छ। 

Ncell 2
Ncell 2

निर्वाचनबाट नयाँ जनादेश आइसकेको अवस्थामा सरकारले विवादास्पद अध्यादेश ल्याएकाले केही दिन यसलाई यत्तिकै थन्काउने मुडमा राष्ट्रपति पुगेको देखिन्छ। बिहीबार निर्वाचन आयोगले मंंसिर ४ गते भएको निर्वाचनको अन्तिम मतपरिणाम बुझाउने अनि त्यसपछि सरकार गठनको आह्वान गर्नुपर्ने भएकाले यसलाई यत्तिकै थन्काउने सोचमा राष्ट्रपति रहेको देखिन्छ। ३० दिनभित्र सरकार गठनको प्रक्रियादेखि सांसदहरुलाई सपथ गराउने अनि संसद् बैठक बसाउनेतिर दलहरु केन्द्रित हुने भएकाले विस्तारै अध्यादेशको कुरा ओझेलमा पर्ने राष्ट्रपतिको बुझाइ छ।

सरकारको सिफारिसमा नयाँ संसद्को बैठक अधिवेशन ३० दिनभित्र राष्ट्रपतिले आह्वान गर्नुपर्ने देखिन्छ। सरकारले अन्तिम मतपरिणाम राष्ट्रपतिले बुझेपछि अधिवेशन आह्वान लागि पत्र पठाउने छ। त्यसपछि राष्ट्रपतिले प्रतिनिधि सभाको बैठक बस्ने मिति र समय तोक्नेछिन्। यो प्रक्रिया सुरु भएपछि अध्यादेशको औचित्य समाप्त हुने देखिन्छ। नयाँ जनादेशबाट आएको संसद्को बैठक नै आह्वान भएपछि सरकारले पनि अध्यादेश जारी गर्न दबाब दिनसक्ने देखिँदैन। 

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको तथा जिल्ला र उच्चले सर्वस्वसहित जन्मकैद सजाय सुनाएको टीकापुर घटनाका दोषी भनिएका रमेश चौधरीलाई छुटाउन सत्ता गठबन्धनले आफ्नो सत्ताको जोड घटाउका लागि अध्यादेश ल्याएको भन्दै आलोचना भइरहेकाले राष्ट्रपति भण्डारीले यी सबै कुरा नियालिरहेकी छिन्। 

केही समयअघि नागरिकता विधेयक संघीय संसद्‌बाट पारित गरेपनि राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगर्दै निष्क्रिय पारेकी थिइन्। तत्कालीन समयमा उक्त विधेयक रोक्ने र पारित गर्ने दुवै पक्षवाट उनी दबाबमा थिइन्। तर अहिले अध्यादेशको विषयमा सत्तारुढ दलभित्र नै विवाद भइरहेको छ। नेपाली कांग्रेसका नेताहरुले नै सरकारले ल्याएको अध्यादेश फिर्ता लिन माग गरेका छन्।

राष्ट्रपति भण्डारीलाई पनि अध्यादेश  विवादित हुँदा त्यसलाई तत्काल जारी नगर्न सहयोग नै पुग्ने देखिएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारी उक्त अध्यादेशमाथि सार्वजनिक विवाद भइरहेकाले जारी नगरी केही दिन होल्डमै राख्ने पक्षमा छन्। राष्ट्रिय मानवअधिकार आयोगदेखि नेपाल बार एशोसियसनसम्मले अध्यादेशको विरोध गरेकाले त्यसलाई जारी गर्न नहुने पक्षमा उनी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। विवादित विषयलाई सरकारले जे पठायो त्यही सही छाप लगाउनेभन्दा विवेक पनि लगाउनुपर्ने  निष्कर्षमा राष्ट्रपति पुगेकी छिन्। 

‘अब एक–दुई दिनमा सरकार गठन र संसद् अधिवेशन बोलाउनुपर्ने भएकाले यो अध्यादेश जारी गर्नेभन्दा नयाँ जनादेशपछि आउने संसद्‌मा छलफलका लागि छोड्नुपर्ने राष्ट्रपतिको बुझाइ छ’, स्रोतले भन्यो, ‘पुरानो सरकार काम चलाउ र विस्थापनको मुखमा रहेको र नयाँ गठन नभएकाले यसलाई जारी गर्ने भन्दा नयाँ जनादेशका लागि छोड्नुपर्ने देखिन्छ।’ 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची !
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी
सम्बन्धित सामग्री
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गरेका हुन् । आइतबार, माघ ११, २०८२
सुदूरपश्चिममा एमालेबाट लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी यसैगरी, अन्य समूहबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जै... आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार साँझ मतगणना सम्पन्न भएसँगै निर्वाचन परिणाम सार्वजनिक भएको हो । आइतबार, माघ ११, २०८२
ताजा समाचारसबै
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची ! आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
सुदूरपश्चिममा एमालेबाट लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्