• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अध्यादेश ‘होल्ड’ गर्ने मनस्थितिमा राष्ट्रपति भण्डारी  

64x64
नेपाल लाइभ बुधबार, मंसिर २८, २०७९  १८:०७
1140x725

काठमाडौं– प्रतिनिधि सभाको अन्तिम मत परिणाम आइसकेको छ। निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुनेहरुको नामावलीको अन्तिम विवरण राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने समय तोकेको छ। मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम बुझाउन आयोगले बिहीबार समयपाएको छ। राष्ट्रपतिले निर्वाचनको परिणाम बुझेसँगै सरकार गठनको प्रक्रिया सुरु हुनेछ।

राष्ट्रपतिले ३० दिनको समय तोकेर सरकार गठन प्रक्रिया सुरु गर्ने संवैधानिक व्यवस्था छ। सरकार गठनका लागि दलहरुका बीचमा अनौपचारिक दौडधुप चलिरहँदा राष्ट्रपति कार्यालय भने सरकारले सिफारिस गरेको अध्यादेशका बारेमा गम्भीर छलफलमा लागेको छ। सरकारले मुलुकी फौजदारी संहितामा केही परिर्वतन गर्दै जेलमा रहेका टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीसहित अन्यलाई छुट दिनेगरी अध्यादेश मन्त्रिपरिषद्‌बाट निर्णय गरेर जारी गर्नका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९’ ल्याउने निर्णय गरेको थियो। उक्त अध्यादेश सोमबार प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेको थियो।  संसद् अधिवेशन कायम नभएको र सरकारलाई तत्काल काम गर्नका लागि बाधा परेमा अध्यादेश ल्याउन सकिने संवैधानिक व्यवस्थाअनुसार सरकारले यो अध्यादेश ल्याउने निर्णय गरेको थियो। सरकारले सिफारिस गरेको अध्यादेश प्राप्त भएको दुई दिन भइसक्दा पनि राष्ट्रपति कार्यालयले भने कुनै निर्णय दिएको छैन। राष्ट्रपति भण्डारीले उक्त अध्यादेश ल्याउने निर्णय विवादित भएको भन्दै कानुनी परामर्श गरिरहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 

के गर्दैछ राष्ट्रपति कार्यालय? 

कुनै समय अध्यादेश राष्ट्रपति कार्यालय पुगेको केही घण्टामै जारी हुने तर अहिले दुई दिनसम्म रोकेर राखेको भनि आलोचना भइरहँदा पनि राष्ट्रपति कार्यालयले अध्यादेशबारे कुनै टिप्पणी गरेको छैन। तर, राष्ट्रपति भने अध्यादेशको चौतर्फी विवाद बढ्दै गएको र फिर्ता लिन माग भइरहेकाले मौन बसेको देखिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

निर्वाचनबाट नयाँ जनादेश आइसकेको अवस्थामा सरकारले विवादास्पद अध्यादेश ल्याएकाले केही दिन यसलाई यत्तिकै थन्काउने मुडमा राष्ट्रपति पुगेको देखिन्छ। बिहीबार निर्वाचन आयोगले मंंसिर ४ गते भएको निर्वाचनको अन्तिम मतपरिणाम बुझाउने अनि त्यसपछि सरकार गठनको आह्वान गर्नुपर्ने भएकाले यसलाई यत्तिकै थन्काउने सोचमा राष्ट्रपति रहेको देखिन्छ। ३० दिनभित्र सरकार गठनको प्रक्रियादेखि सांसदहरुलाई सपथ गराउने अनि संसद् बैठक बसाउनेतिर दलहरु केन्द्रित हुने भएकाले विस्तारै अध्यादेशको कुरा ओझेलमा पर्ने राष्ट्रपतिको बुझाइ छ।

सरकारको सिफारिसमा नयाँ संसद्को बैठक अधिवेशन ३० दिनभित्र राष्ट्रपतिले आह्वान गर्नुपर्ने देखिन्छ। सरकारले अन्तिम मतपरिणाम राष्ट्रपतिले बुझेपछि अधिवेशन आह्वान लागि पत्र पठाउने छ। त्यसपछि राष्ट्रपतिले प्रतिनिधि सभाको बैठक बस्ने मिति र समय तोक्नेछिन्। यो प्रक्रिया सुरु भएपछि अध्यादेशको औचित्य समाप्त हुने देखिन्छ। नयाँ जनादेशबाट आएको संसद्को बैठक नै आह्वान भएपछि सरकारले पनि अध्यादेश जारी गर्न दबाब दिनसक्ने देखिँदैन। 

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको तथा जिल्ला र उच्चले सर्वस्वसहित जन्मकैद सजाय सुनाएको टीकापुर घटनाका दोषी भनिएका रमेश चौधरीलाई छुटाउन सत्ता गठबन्धनले आफ्नो सत्ताको जोड घटाउका लागि अध्यादेश ल्याएको भन्दै आलोचना भइरहेकाले राष्ट्रपति भण्डारीले यी सबै कुरा नियालिरहेकी छिन्। 

केही समयअघि नागरिकता विधेयक संघीय संसद्‌बाट पारित गरेपनि राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगर्दै निष्क्रिय पारेकी थिइन्। तत्कालीन समयमा उक्त विधेयक रोक्ने र पारित गर्ने दुवै पक्षवाट उनी दबाबमा थिइन्। तर अहिले अध्यादेशको विषयमा सत्तारुढ दलभित्र नै विवाद भइरहेको छ। नेपाली कांग्रेसका नेताहरुले नै सरकारले ल्याएको अध्यादेश फिर्ता लिन माग गरेका छन्।

राष्ट्रपति भण्डारीलाई पनि अध्यादेश  विवादित हुँदा त्यसलाई तत्काल जारी नगर्न सहयोग नै पुग्ने देखिएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारी उक्त अध्यादेशमाथि सार्वजनिक विवाद भइरहेकाले जारी नगरी केही दिन होल्डमै राख्ने पक्षमा छन्। राष्ट्रिय मानवअधिकार आयोगदेखि नेपाल बार एशोसियसनसम्मले अध्यादेशको विरोध गरेकाले त्यसलाई जारी गर्न नहुने पक्षमा उनी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। विवादित विषयलाई सरकारले जे पठायो त्यही सही छाप लगाउनेभन्दा विवेक पनि लगाउनुपर्ने  निष्कर्षमा राष्ट्रपति पुगेकी छिन्। 

‘अब एक–दुई दिनमा सरकार गठन र संसद् अधिवेशन बोलाउनुपर्ने भएकाले यो अध्यादेश जारी गर्नेभन्दा नयाँ जनादेशपछि आउने संसद्‌मा छलफलका लागि छोड्नुपर्ने राष्ट्रपतिको बुझाइ छ’, स्रोतले भन्यो, ‘पुरानो सरकार काम चलाउ र विस्थापनको मुखमा रहेको र नयाँ गठन नभएकाले यसलाई जारी गर्ने भन्दा नयाँ जनादेशका लागि छोड्नुपर्ने देखिन्छ।’ 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्