• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसका आधा सांसदहरूलाई मन्त्री बनाइदिने देउवाको आश्वासन: पूर्णबहादुर, शशांक र प्रकाशरण पक्का

64x64
नेपाल लाइभ बुधबार, मंसिर २८, २०७९  १९:४१
1140x725

काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा छैटौंपटक प्रधानमन्त्री बन्ने प्रयासमा जुटेका छन्। प्रधानमन्त्री बन्नका लागि कांग्रेस संसदीय दलको नेता चुनिनुपर्ने भएकाले कांग्रेस सांसदहरूसँगको भेटघाट बाक्लो बनाएका छन्।

महामन्त्री विश्वप्रकाश शर्माको प्रस्‍तावमा अर्का महामन्त्री गगन थापाले संसदीय दलको नेतामा चुनौती दिने घोषणालाई देउवाले गम्भीर रुपमा लिएको उनीनिकट नेताहरू बताउँछन्। यसअघिका देउवा सरकारको असफलताका साथै नयाँ पुस्तातर्फ सर्दो राजनीतिक माहोलले यसपल्ट आफूलाई सकस पार्ने उनले बुझेका छन्।

टिकट दिँदा र समानुपातिकमा समेट्दा आफूपक्षीय ठानेका सांसद्हरूले पनि परिवर्तनको लहरमा उभ्याउने सम्भावना देखेपछि देउवा पक्षले सक्रियता बढाएको छ। देउवा पक्षले १४औं महाधिवेशनमा अख्तियार गरेको इतर पक्षलाई एकजुट हुन नदिने रणनीतिलाई नै निरन्तरता दिने देखिएको छ।

महाधिवेशनमा आफूतिर तानेका नेताहरूलाई पकडमै राख्न देउवा सफल भएका छन् भने मौन बसेका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने लालसा देखाइरहेका छन्। सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइरालाबाट सके समर्थन लिने नभए उनलाई पनि मैदानमा उतार्ने वातावरण बनाइएको छ।

गुटका नेताहरूका साथै सांसदहरूलाई व्यक्तिगत रुपमा भेटेर अनेक आश्वासन दिन थालेका छन्। तीमध्ये धेरैलाई मन्त्री बनाइदिने आश्वासन बाँडिएको बताइएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

कांग्रेसबाट सांसद बनेका ८९ मध्ये आधाभन्दा बढी मन्त्रीका आकांक्षी छन्। तीमध्ये धेरैलाई प्रधानमन्त्री देउवाले आश्वासन बाँडेको बुझिएको छ। संसदीय दलमा आफूलाई सहयोग गर्दा मन्त्री बनाउने लालच प्राय सांसदलाई देखाइसकेको केही दिनअघि उनलाई भेट्न पुगेका एक नेता बताउँछन्। आफू मन्त्री बन्ने सम्‍भावितमध्ये एक बताउने उनले धेरैले आश्वासन दिइसकेको स्वीकारे। उनले भने,  ‘हाम्रो (देउवा पक्ष) को भागमा ५ सम्म मन्त्रीको कोटा पर्दा म बन्छु होला।’

देउवा अहिले आफ्नो निकटलाई मात्रै मन्त्री बनाएर धर पाउने अवस्थामा नरहेकाले ‘पालो आएर’ पनि पर्खिनुपर्ने हुन सक्ने बताउँछन्।

बहुगुटले भरिपूर्ण कांग्रेसमा ‘कोटा’ प्रणालीबाट अवसर दिइने प्रचलन छ। यसपल्ट कांग्रेसमा कोटा पाउनेमा देउवालाई सघाउनेहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइराला छन्। देउवा इतरपक्षमा शेखर कोइराला रहेका छन्। हरेकलाई एक-एक मन्त्री भागमा पार्दा पाँच मन्त्रालय छुट्याउनुपर्ने हुन्छ। पूर्णबहादुर खड्का, प्रकाशरण महत र शशांक कोइराला मन्त्री बन्ने लगभग पक्का रहेको कांग्रेस नेताहरू बताउँछन्।

देउवाले आफ्नो गृह प्रदेशकै चार जनालाई मन्त्री बनाउने आश्वासन दिइसकेको सुदूरपश्चिमका एक नेता बताउँछन्। देउवानिकट रमेश लेखक, एनपी साउँद र वीरबहादुर बलायरका साथै इतरसमूहमा रहेका सहमहामन्त्री बद्री पाण्डे लगायतलाई समेत आश्वासन दिएका हुन्।

देउवा पक्षमा नरहेका तर जनस्तरमा राम्रो प्रभाव भएका केही नेताहरू उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री पाण्डे, प्रदीप पौडेल, चन्द्रकान्त भण्डारी, सञ्जय गौतमलगायतले जितेका छन्। उनीहरूलाई नसमेट्दा कांग्रेसप्रतिको आक्रोश बढ्ने अवस्था छ।

देउवा पक्षका नेताहरूकै मन्त्री बन्ने लाइन ठूलो छ। देउवानिकट रहेर काम गरिरहेका उपसभापति पूर्णबहादुर खड्का मन्त्रीका लागि प्राथमिकताको सूचीमा छन्। देउवानिकट रहेका सहमहामन्त्री किशोरसिंह राठोर, प्रवक्ता प्रकाशशरण महत,  विनोद चौधरी, उदय समशेर राणा, मोहन बस्नेत, मोहन आचार्य, सीता गुरुङलगायत देउवाको अग्रसूचीमा रहेका आकांक्षी हुन्।

सत्ता गठबन्धनले प्रष्ट बहुमत ल्याउन सकेन। त्यसैले पाँच दलमा केही दल थप्नेगरी छलफल चलाइएको छ। यसले कांग्रेसले यसअघि पाउँदै आएको मन्त्रीको कोटा घट्नेछ। अहिले कांग्रेससँग प्रधानमन्त्री र राज्यमन्त्री बाहेकका ६ मन्त्रालय छन्। जनता समाजवादी पार्टी बाहिरिएपछि ६ मन्त्रालय खाली छन्। जम्मा २५ जनासम्मको मन्त्री मण्डल बनाउन मिल्नेमा कांग्रेस मन्त्री र राज्यमन्त्री गरी १० भन्दा कम नै पाउने देखिन्छ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब पाँच घण्टासम्म चलेको उक्त बैठकमा सांसदहरूले आफ्ना क्षेत्रगत तथा समू... बुधबार, वैशाख २, २०८३
गृहमन्त्री गुरुङ र जापानी राजदूतबिच शिष्टाचार भेटवार्ता भेटमा राजदूत तोरुले गृहमन्त्री गुरुङलाई नयाँ कार्यकालको बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । बुधबार, वैशाख २, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । बुधबार, वैशाख २, २०८३
ताजा समाचारसबै
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्