काठमाडौं– कपडामा लुकाएर सुनको डल्लो भारत पुर्याउन खोज्ने व्यक्ति पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो। 
पक्राउ पर्नेहरुमा सिराज कुन्नपिल्ली मोइडिन र फैसल कोट्टाकुडुइल छन्। 
इन्डियन एअरको उडानमार्फत् उनीहरू भारत जान लागेका थिए। लजेगहरु जाँच गर्ने क्रममा कपडाभित्र लुकाएर सुन राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 
उनीहरुलाई थप कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।