काठमाडौं– नेपालले पर्यटन र ऊर्जा क्षेत्रबाट ठूलो मात्रामा आम्दानी गर्न सक्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। बुधबार नेपाल आर्थिक पत्रकार संघको १३औं महासभामा उनले पर्यटन र ऊर्जा क्षेत्रबाट पनि नेपालले ठूलो लाभ लिन सक्ने बताएका हुन्।
शर्माले नेपालमा राम्रा नीति भएपनि कार्यान्वयन हुन नसकेकाले कार्यान्वयन गर्न आवश्यक रहेको बताए। नेपालले ऊर्जासँगै आईटी क्षेत्रमा फड्को मार्ने अवस्था रहेको भन्दै उनले आईटी क्षेत्रबाट घरमा बसीबसी रेमिट्यान्स भित्र्याउन सक्ने अवस्था भएकाले यस क्षेत्रमा विकास गर्न आवश्यक रहेको बताए।
यसैगरी, शर्माले आयात प्रतिस्थापन हुने गरी नेपालको स्रोत तथा साधन प्रयोग हुन नसकेको पनि जानकारी दिएका छन्। उनले आयात प्रतिस्थापन गर्न स्रोत तथा साधन प्रयोग गर्न नसकेको बताएका हुन् ।
उनी भन्छन् ‘नेपालको अर्थतन्त्र भूकम्प, कोभिडलाई सामना गर्दै अगाडि बढिरहेको छ। कोभिडले गर्दा आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा निकै प्रभाव परेकाले नेपाल पनि अछुतो छैन। त्यसैले नेपालको जनताको चाहना भनेको तीब्र आर्थिक र व्यवस्था कार्यान्यवन हो। त्यसमा विभिन्न क्षेत्रको समन्वयमा अन्तरविरोध हुँदा भने अनुसारको काम हुन सकेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।