काठमाडौं– नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थीय युनियन (अनरास्ववियु)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी (स्ववियु)को चुनाव गर्न माग गरेको छ। त्रिभुवन विश्वविद्यालयको क्यालेन्डरअनुसार नै स्ववियुको चुनाव हुनुपर्ने अनरास्ववियुको माग छ।
अनेरास्ववियुका पदाधिकारी सहितको टोलीले त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै फागुन १४ मै स्ववियु चुनाव गर्न आग्रह गरेको हो। अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले हाल शिक्षा प्रणालीमा देखा परेको अस्तव्यस्ततालाई स्ववियु निर्वाचनले सही ट्रयाकमा ल्याउने र स्ववियु निर्वाचनले नै विद्यार्थी मुभमेन्टलाई बलियो बनाउने बताए।
‘लामो समयदेखि स्ववियु निर्वाचन भैरहेको छैन। केहि दिन अघि त्रिवि आफैंले स्ववियु निर्वाचन गर्ने बताएको थियो,’ लामिछानेले भने, ‘स्ववियु निर्वाचन हुने नहुने आशंकाका बीच विद्यार्थी संगठनहरु भने चुनावी माहोल बनाउन लागेका छन्।’
अनेरास्ववियु सचिवालय सदस्य गोविन्द थपलियाले त्रिविको क्यालेन्डर अनुसार नै स्ववियु निर्वाचन हुने सम्भावना बढेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।