काठमाडौं- भ्याली ग्रुपको भगिनी संस्था भ्याली एक्सप्रेसले पुल्चोक, सम्झिखेलमा सातौं आउटलेट खोलेको छ। बुधवार सातौँ आउटलेट खोलेको हो।
सुपथ मूल्यमा गुणस्तरीय मासुजन्य व्यापारको उदेश्यले २०४१ मा स्थापित भ्याली ग्रुप ३१ वर्षपछि फास्टफुडको व्यापारमा प्रवेश गर्दै पहिलो आउटलेट चितवनमा खोलेको थियो।
प्रारम्भमा मासुजन्य व्यापारको उद्देश्यले स्थापना भएको प्रालिले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योग समेत गरी पोल्ट्री व्यवसायलाई एकीकृत रुपमा सञ्चालन गर्दै चेन रेष्टुरेन्टमा प्रवेश गरेको थियो।
उपभोक्तालाई सुपथ मूल्यमा स्वस्थ मासु उपलब्ध गराउँदै आएको भ्याली ग्रुप अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्दै सहरी उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय, स्वस्थकर र स्वादिलो तयारी खाना उपलब्ध गराउने उद्देश्य लिएर भ्याली एक्सप्रेसको ब्रान्डमा फाष्टफुड चेन रेष्टुरेन्टको क्षेत्रमा ६ वर्षअघि प्रवेश गरेको थियो।
भ्याली एक्सप्रेसमा अन्तराष्ट्रिय चेन रेष्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका स्वादिष्ट परिकार उपभोक्तालाई पस्किइ सन्तुष्ट बनाउने लक्ष्य रोखको निर्देशक बाबुराजा रावलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।