काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद (प्रतिनिधि सभा सदस्य) पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताद्वय युवराज सफल र रविराज बर्तौलाले लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दायर गरेका हुन्।
लामिछाने नेपाली नागरिक नभएकाले उनी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुन नै योग्य नभएको रिटमा दाबी गरिएको छ। उनी निर्वाचित भएको चितवन क्षेत्र नम्बर २ मा पुन: मतदान हुनुपर्ने माग पनि रिटमा गरिएको छ।
लामिछानेले अमेरिकी नागरिकतासँगै नेपाली नागरिकता लिएर दल दर्ता गराएको र नेपाली नागरिकिता नलिएकाले निर्वाचित भएको पद रिक्त हुनुपर्ने दाबी रिटमा गरिएको छ।
रिटमा चितवन क्षेत्र नम्बर २ मा पुनः निर्वाच्न गराउन र रवि निर्वाचित भएको निर्णय कार्यान्वयन नगर्न नगराउन भनेर अन्तरिम आदेशको समेत माग गरिएको छ। त्यस्तै, रविमाथि नागरिकता दुरुपयोगमा छानबिन हुनुपर्ने माग पनि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।