काठमाडौं- सरकारले हालै ल्याएको अध्यादेश प्रमाणीकरण गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। थारु सम्बद्ध थारु कल्याणी सभा र थरुहट तथा थारुवान संघर्ष समितिले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै सरकारले ल्याएको अध्यादेश प्रमाणीकरण गर्न माग गरेको हो।
सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर ल्याएको अध्यादेश राष्ट्रपतिकहाँ पठाएको छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त अध्यादेश कार्यान्वयनमा आउँछ।
राजनीतिक मुद्दाहरु फिर्ता लिने गरी सरकारले ल्याएको उक्त अध्यादेशको चौतर्फी विरोध भइरहँदा थारु सम्बद्ध संघ संस्थाहरुले भने प्रमाणीकरण गर्न माग गरेका हुन्।
टीकापुर घटनामा थारु समुदायका नेता रेशम चौधरी र उनको पार्टी नागरिक उन्मुक्ति पार्टी आबद्ध नेता तथा कर्याकर्ताहरुमाथि मुद्दा चलिरहेको छ। उनीहरु त्यो फिर्ता हुने आशमा अध्यादेश लागू गर्न माग गरिरहेका छन्।
४ मंसिरमा भएको निर्वाचनम उन्मुक्ति पार्टीले ३ वटा प्रतिनिधि सभा सिट जितेको छ भने प्रदेशतर्फ पनि केही सिट जितेको छ। सत्ता-गठबन्धनलाई नयाँ सत्ता समीकरणमा उन्मुक्ति पार्टीको सहयोग आमवश्यक परेपछि सरकारले उनीहरुको मुद्दा सम्बोधनका लागि यो अध्यादेश ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।