काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति तथा प्रेदश सभाको अन्तिम मतपरिणाम सम्बन्धित प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेको छ।
आयोगले निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन्।
‘प्रतिनिधि सभाको अन्तिम मत परिणााम मंसिर २९ गते राष्ट्रपतिलाई बुझाउने र सात वटै प्रदेशको सम्बन्धित प्रदेश प्रमुखलाई पुस २ गते बुझाउने तयारी छ,’ थपलियाले पत्रकार समक्ष बताएका छन्।
आयोगले राष्ट्रपति र प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएपछि उक्त निकायले संसद् बैठकको आह्वान गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।