तस्बिर सौजन्य: बेथानचोक खबर
काठमाडौं– काभ्रेमा मंगलबार साँझ भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।
काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको काभ्रेका प्रहरी प्रमुख, एसपी चक्रराज जोशीले नेपाल लाइभलाई बताए।
बेथानथोक–५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका-४ सल्ले फर्किदै गरेको बस दुर्घटना परेको एसपी जोशीले बताए। उनका अनुसार दुर्घटनामा अन्य २० जना घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।