पर्सा– सशस्त्र प्रहरीले पर्सामा साढे तीन क्वीन्टल गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ। 
ठोरी गाउँपालिका–३ स्थित ठुटेखोला ईलाकाबाट सोमबार सशस्त्र प्रहरीले करिब ३ सय ६३ केजी गाँजा र सो गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बीओपी ठोरीले मकवानपुरको हेटौंडाबाट पर्साको विजय बस्तीतर्फ छुटेको ना ४ ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन बनाई २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको हो। 
उक्त ट्रकका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ ट्रक सोही ठाउँमा छाडि फरार भएका थिए। बरामद गाँजा तथा ट्रक आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।