काठमाडौं– गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन भएकी छन्।
कमलादीस्थीत प्रज्ञा भवनमा ३ दिनसम्म चलेको तेस्रो राष्ट्रिय महाधिवेशनले पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई महासंघको अध्यक्ष चयन गरेको हो। पाण्डे बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन।
स्थानीय तहमा ठूलो दलको आधारमा अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेस तथा महासचिव र सचिव दोस्रो ठूलो दल एमालेको भागमा परेको छ।
महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन भएका छन्। ३७ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको महासंघको नेतृत्व सर्वसम्मत चयन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।