काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) पनि नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ। मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुन प्रतितोला १ लाख २०० र तेजाबी सुन ९९ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन। सोमबारजस्तै मंगलबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ। सोमबार भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।