बागलुङ– बागलुङका तीन जना किशोरीलाई एक होटलमा लगेर तीन बलात्कार गरेको आरोपमा तीन जना युवक पक्राउ परेका छन्। १६ र १५/१५ वर्षका तीन जना किशोरीलाई तीन जना युवकले होटलमा लगेर बलात्कार गरेको पाइएको छ। 
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पीडित किशोरीहरु शनिबार घरबाट केही नभनि हिँडेका थिए। बेलुकासम्म नि घर नफर्किएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए। 
खोजी गर्दै जाँदा किशोरीहरु बागलुङ नगरपालिका-२ समिट चोकस्थित एक होटलमा भेटिएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा युवकहरुले किशोरीलाई बलात्कार गरेको खुल्न आएपछि आइतबार साँझ तीनै जना युवकलाई पक्राउ गरिएको छ। 
पक्राउ पर्नेहरुमा हाल पोखरा बस्नेहरू बागलुङ गलकोट नगरपालिका-९ घर भएका २३ वर्षीय अशोक दर्लामी, रुपन्देही तिलोत्तमा नगरपालिका घर भएका १९ वर्षीय राहुल थापा र धादिङ कटुथे गाउँपालिका घर भएका १७ वर्षीया किशोर रहेका छन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।