• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

तीनै तहका सरकारबीच समन्वय नहुँदा स्थानीय प्रतिनिधिका रुपमा काम गर्न कठिन छ: महिला जनप्रतिनिधि

64x64
कल्पना घिमिरे मंगलबार, मंसिर २७, २०७९  ०९:००
1140x725

काठमाडौं– गाउँपालिका महासंघको तेस्रो महाधिवेशनमा सहभागी दोलाखा मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्य गत वैशाखको निर्वाचनमा निर्वाचित भएपछि उपाध्यक्षको पद सम्हालिरहेकी छन्। 

एमालेका तर्फबाट ४ हजार ७०२ मत ल्याउँदै निर्वाचित भएकी उनीले अहिले गाउँपालिका अध्यक्षसँग समन्वय गरेर भूमिका निभाइरहेकी छिन्। 

‘विशेष गरी वर्षको सिजनमा जनप्रतिनिधि भएर चुनिएर गाउँपालिका गएकी थिएँ। सुरुवातको चरण भनेको नीति तथा कार्यक्रम र बजेट निर्माणको कामलाई हामीले पहिलो प्राथमिकतामा राखेका थियौँ। किन भन्दाखेरी आर्थिक वर्षको अन्तिम हुनलागेको अवस्था थियो। त्यसपछि पहाडी भू–भाग भएकाले पहिरोको चपेटामा जनता परे। यो वर्ष निकै ठूलो वर्षा भयो र विभिन्न वडाहरु पहिरोले प्रभावित भयो। त्यसो हुँदा पहिरो पन्छाउने काम र त्यहाँका स्थानीयहरुलाई स्थानान्तरण गर्नेदेखि काहाँ राख्ने भन्ने समस्या थियो। त्यो समस्या समाधानतर्फ लाग्यौं,’ उनले भनिन्।

त्यसपछि भने दैनिक उपाध्यक्षको जिम्मेवारीमा रहेका काम गर्नतर्फ लागेको उनी बताउँछिन्। ‘योजना अनुगमनका कुराहरु, योजना निर्माणका कुराहरु त्यस्तै गरेर न्यायिक समितिका कार्य सम्पादनका कुराहरु विगतका बाँकी रहेका कामहरु गर्न थालेँ’, उनी भन्छिन्, ‘पछिल्लो समय योजना निर्माणको चरण र योजना कार्यान्वयनको काम गरिरहेकी छु।’

केही दिनअघि मात्र १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान सकिएको छ। त्यसमा आफूहरुले विभिन्न सचेतनामुलक काम गरेको उनको भनाइ छ। ‘निष्कर्षमा हेर्दाखेरी यो ५/६ महिनामा त्यस्तो देखिने काम त केही भएका छैनन्। तर पनि खाली भने बसेको छैन,’ उनी भन्छिन्, दैनिक रुपमा हामी जनतासँगै छौं। हाम्रो काम नै जनतासामु जाने हो। जनताका काममा खटिरहेका छौं।’

संघ, प्रदेश र स्थानीय तह गरी तीनवटा सरकारका छुट्टाछुट्टै मापदण्ड भएकाले स्थानीय तहमा जनप्रतिनिधिका रुपमा काम गर्न कठिन रहको उनको भनाइ छ। ‘संघले बनाएका ऐनकानुन पालिकाभित्र कतिपय नमिल्ने हुन्छन्। तिनलाई परिमार्जन गर्नपर्ने हुन्छ। यसो गर्दा विवाद सिर्जना हुन्छ। तर पनि हामी संघर्ष गरिरहेका छौँ,’ उनले भनिन्।

कम बजेट र जनताको अपेक्षा धेरै भएका कारण सोचेअनुसार काम गर्न नसकिने उनी बताउँछिन्। संघीयता बलियो बनाउनका लागि स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्ने उनको भनाइ छ। 

‘संघीयता बलियो बनाउने हो भने स्थानीय तह बलियो हुनुपर्दछ। अहिले धेरै अधिकार दिइएको छैन’, उनी भन्छिन्। त्यस्तै देविका थामी दोलाखाकै विगु गाउँपालिकाकी उपाध्यक्ष हुन्। उनी पनि महाधिवेशनका लागि काठमाडौं आएकी हुन्। उनी पनि गत निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित भएकी थिइन्। 

Ncell 2
Ncell 2

पहिलो ६ महिनाको अवधिमा जनप्रतिनिधिका रुपमा आफूहरुले धेरै काम गरेको उनको भनाइ छ। ‘काम धेरै भएको छ। त्यसको परिणाम आाउन बाँकी छ। हामी जनता माझ छौं। जहाँ जनता अप्ठ्यारोमा पर्छन् त्यहाँ हामी हुन्छौं। चुनावअघि गरेका प्रतिबद्धता पूरा गर्न लागिपरेका छौं,’ उनी भन्छिन्। 

केही कानुनी जटिलताहरु आए पनि समन्वय गरेर समाधानको उपाय निकाल्ने गरेको उनको भनाइ छ। विशेषगरी संघले प्रदेश र प्रदेशले स्थानीय तहमा पठाउने विकासको खाका उपयुक्त नभएको उनी बताउँछिन्। ‘प्रदेशबाट पठाएको बजेटमा चाहिँ हाम्रो केही भूमिका नै हुँदैन। हामीसँग समन्वय नगरीकनै यस्ता बजेट पठाइन्छन्। संघ र प्रदेशको बजेट कार्यान्वयनको अधिकार पनि स्थानीय तहलाई दिनुपर्छ’, उनी बताउँछिन्। 

कुन बजेट कहाँबाट आउँछ भन्ने कुरा स्थानीय सरकारलाई जानकारी नै नहुने उनको गुनासो छ। यस्तै धनकुटाको छथरजोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गीत खेवा गुरुङ गत चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन्। यो छ महिनाको अवधिमा आफूले उपाध्यक्षको पदमा रहँदा धेरै काम गरेको उनको भनाइ छ। 

बजार अनुगन, योजना अनुगमनदेखि न्यायिक निरुपणमा आफू सक्रिय रहेको उनले बताइन्। आफू नयाँ भए पनि अध्यक्षसँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ। 

यस्तै दोस्रोपटक जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएकी बुलिङटार गाउँपालिकाकी दिलमाया रानामगरको अनुभव पनि उस्तै छ। उपाध्यक्षलाई दिइएको अधिकार अनुसार आफूले काम गरिरहेको उनको भनाइ छ। 

पहिला पालिका सदस्य रहेकी उनी यसपटक उपाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएकी हुन्। गाउँको खानेपानी समस्या समाधानका लागि पहल गरेकी उनलाई अन्य सामाजिक कामका कारण पनि जनताले उपाध्यक्षमा चुने। अब विगतमा आफूले उठाएका योजनाहरु पूरा गर्ने गरी लागि परेको उनको भनाइ छ। ‘सबै काम एकैपटक त कहाँ सकिन्छ र< पाँच वर्षको अवधिमा मेरो क्षेत्रमा बत्तिको पहुँच पुर्यााउँछु। कुनै ठाउँमा खानेपानीको समस्या छ। त्यो समाधानका लागि पनि पहल गर्छु’, उनले भनिन्।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन्। बुधबार, माघ ७, २०८२
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा गरेको जनाएका हुन् । बुधबार, माघ ७, २०८२
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली गृह जिल्ला झापामा 'जेन–जी' आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्