• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

तीनै तहका सरकारबीच समन्वय नहुँदा स्थानीय प्रतिनिधिका रुपमा काम गर्न कठिन छ: महिला जनप्रतिनिधि

64x64
कल्पना घिमिरे मंगलबार, मंसिर २७, २०७९  ०९:००
1140x725

काठमाडौं– गाउँपालिका महासंघको तेस्रो महाधिवेशनमा सहभागी दोलाखा मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्य गत वैशाखको निर्वाचनमा निर्वाचित भएपछि उपाध्यक्षको पद सम्हालिरहेकी छन्। 

एमालेका तर्फबाट ४ हजार ७०२ मत ल्याउँदै निर्वाचित भएकी उनीले अहिले गाउँपालिका अध्यक्षसँग समन्वय गरेर भूमिका निभाइरहेकी छिन्। 

‘विशेष गरी वर्षको सिजनमा जनप्रतिनिधि भएर चुनिएर गाउँपालिका गएकी थिएँ। सुरुवातको चरण भनेको नीति तथा कार्यक्रम र बजेट निर्माणको कामलाई हामीले पहिलो प्राथमिकतामा राखेका थियौँ। किन भन्दाखेरी आर्थिक वर्षको अन्तिम हुनलागेको अवस्था थियो। त्यसपछि पहाडी भू–भाग भएकाले पहिरोको चपेटामा जनता परे। यो वर्ष निकै ठूलो वर्षा भयो र विभिन्न वडाहरु पहिरोले प्रभावित भयो। त्यसो हुँदा पहिरो पन्छाउने काम र त्यहाँका स्थानीयहरुलाई स्थानान्तरण गर्नेदेखि काहाँ राख्ने भन्ने समस्या थियो। त्यो समस्या समाधानतर्फ लाग्यौं,’ उनले भनिन्।

त्यसपछि भने दैनिक उपाध्यक्षको जिम्मेवारीमा रहेका काम गर्नतर्फ लागेको उनी बताउँछिन्। ‘योजना अनुगमनका कुराहरु, योजना निर्माणका कुराहरु त्यस्तै गरेर न्यायिक समितिका कार्य सम्पादनका कुराहरु विगतका बाँकी रहेका कामहरु गर्न थालेँ’, उनी भन्छिन्, ‘पछिल्लो समय योजना निर्माणको चरण र योजना कार्यान्वयनको काम गरिरहेकी छु।’

केही दिनअघि मात्र १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान सकिएको छ। त्यसमा आफूहरुले विभिन्न सचेतनामुलक काम गरेको उनको भनाइ छ। ‘निष्कर्षमा हेर्दाखेरी यो ५/६ महिनामा त्यस्तो देखिने काम त केही भएका छैनन्। तर पनि खाली भने बसेको छैन,’ उनी भन्छिन्, दैनिक रुपमा हामी जनतासँगै छौं। हाम्रो काम नै जनतासामु जाने हो। जनताका काममा खटिरहेका छौं।’

संघ, प्रदेश र स्थानीय तह गरी तीनवटा सरकारका छुट्टाछुट्टै मापदण्ड भएकाले स्थानीय तहमा जनप्रतिनिधिका रुपमा काम गर्न कठिन रहको उनको भनाइ छ। ‘संघले बनाएका ऐनकानुन पालिकाभित्र कतिपय नमिल्ने हुन्छन्। तिनलाई परिमार्जन गर्नपर्ने हुन्छ। यसो गर्दा विवाद सिर्जना हुन्छ। तर पनि हामी संघर्ष गरिरहेका छौँ,’ उनले भनिन्।

कम बजेट र जनताको अपेक्षा धेरै भएका कारण सोचेअनुसार काम गर्न नसकिने उनी बताउँछिन्। संघीयता बलियो बनाउनका लागि स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्ने उनको भनाइ छ। 

‘संघीयता बलियो बनाउने हो भने स्थानीय तह बलियो हुनुपर्दछ। अहिले धेरै अधिकार दिइएको छैन’, उनी भन्छिन्। त्यस्तै देविका थामी दोलाखाकै विगु गाउँपालिकाकी उपाध्यक्ष हुन्। उनी पनि महाधिवेशनका लागि काठमाडौं आएकी हुन्। उनी पनि गत निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित भएकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो ६ महिनाको अवधिमा जनप्रतिनिधिका रुपमा आफूहरुले धेरै काम गरेको उनको भनाइ छ। ‘काम धेरै भएको छ। त्यसको परिणाम आाउन बाँकी छ। हामी जनता माझ छौं। जहाँ जनता अप्ठ्यारोमा पर्छन् त्यहाँ हामी हुन्छौं। चुनावअघि गरेका प्रतिबद्धता पूरा गर्न लागिपरेका छौं,’ उनी भन्छिन्। 

केही कानुनी जटिलताहरु आए पनि समन्वय गरेर समाधानको उपाय निकाल्ने गरेको उनको भनाइ छ। विशेषगरी संघले प्रदेश र प्रदेशले स्थानीय तहमा पठाउने विकासको खाका उपयुक्त नभएको उनी बताउँछिन्। ‘प्रदेशबाट पठाएको बजेटमा चाहिँ हाम्रो केही भूमिका नै हुँदैन। हामीसँग समन्वय नगरीकनै यस्ता बजेट पठाइन्छन्। संघ र प्रदेशको बजेट कार्यान्वयनको अधिकार पनि स्थानीय तहलाई दिनुपर्छ’, उनी बताउँछिन्। 

कुन बजेट कहाँबाट आउँछ भन्ने कुरा स्थानीय सरकारलाई जानकारी नै नहुने उनको गुनासो छ। यस्तै धनकुटाको छथरजोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गीत खेवा गुरुङ गत चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन्। यो छ महिनाको अवधिमा आफूले उपाध्यक्षको पदमा रहँदा धेरै काम गरेको उनको भनाइ छ। 

बजार अनुगन, योजना अनुगमनदेखि न्यायिक निरुपणमा आफू सक्रिय रहेको उनले बताइन्। आफू नयाँ भए पनि अध्यक्षसँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै दोस्रोपटक जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएकी बुलिङटार गाउँपालिकाकी दिलमाया रानामगरको अनुभव पनि उस्तै छ। उपाध्यक्षलाई दिइएको अधिकार अनुसार आफूले काम गरिरहेको उनको भनाइ छ। 

पहिला पालिका सदस्य रहेकी उनी यसपटक उपाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएकी हुन्। गाउँको खानेपानी समस्या समाधानका लागि पहल गरेकी उनलाई अन्य सामाजिक कामका कारण पनि जनताले उपाध्यक्षमा चुने। अब विगतमा आफूले उठाएका योजनाहरु पूरा गर्ने गरी लागि परेको उनको भनाइ छ। ‘सबै काम एकैपटक त कहाँ सकिन्छ र< पाँच वर्षको अवधिमा मेरो क्षेत्रमा बत्तिको पहुँच पुर्यााउँछु। कुनै ठाउँमा खानेपानीको समस्या छ। त्यो समाधानका लागि पनि पहल गर्छु’, उनले भनिन्।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्