काठमाडौं– जाजरकोटमा सोमबार जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ।
गम्भीर घाइते दुई जनाको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो। गम्भीर घाइते छेडागाड–५ का जैभान अधिकारीलाई उपचारका लागि सुर्खेत लैजान लागिएको प्रहरीले जनाएको छ।
छेडागाड नगरपालिका–४ भीरबाटीस्थित मध्यपहाडी लोकमार्गबाट कर्णाली प्रदेश ०२–००१च ०४२९ नम्बरको बोलेरो जीप सडकभन्दा अन्दाजी ५०० मिटर तल खसेको स्थानीय प्रेम राउतले बताए। जीप छेडागाडको जेवा भन्ने स्थानबाट लेवाका लागि जन्ती बोकेर छुटेको थियो।
प्रहरीका अनुसार मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, भवगतीमाई–३ का अमरबहादुर खड्का र वीरेन्द्र केसी रहेका छन्।
यस्तै, जाजरकोटको छेडागाड नगरपालिका–५ का जयकुरा बुढा, नैनसरा अधिकारी, रामबहादुर बुढा, दीपक अधिकारी, निशा अधिकारी, अमरबहादुर अधिकारी र देविसरा बुढाको पनि सोही दुर्घटनामा मृत्यु भएको जाजरकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिए।
यसैगरी छेडागाड– ६ का वीरबहादुर खत्रीको पनि दुर्घटनामा मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।