काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसकै नेता डा शेखर कोइरालाले अदालतले दोषी ठहर्याएकालाई कानुन संशोधन गरेर माफी दिने प्रयास गर्नु लोकतान्त्रिक मर्मको उपहास भएको टिप्पणी गरेका छन्।
पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा नेतृत्वको सरकारले ७२ भदौमा कैलाली घटनाका मुख्य दोषी रेशम चौधरीलाई उन्मुक्ति दिने किकिमले कानुन संशोधन गर्न आइतबार साँझ अध्यादेश जारी गरेको थियो। उक्त अध्यादेशप्रति विरोध जनाउँदै कोइरालाले यस्तो टिप्पणी गरेका हुन्।
‘अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो,’ कोइराला भन्छन्, ‘आफू अनुकुलको राजनीतिक सहजताका लागि कानुनलाई बंग्याउने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।