काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन्।
उनीहरूबीच सिंहदरबारमा भेटवार्ता भएको हो। नेता केसीले आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए।
नयाँ सरकार गठनको विषय पेचिलो बनिरहेका बेला कांग्रेस नेता केसीले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।