काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ। सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख ५०० र तेजाबी सुन १ लाख रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार भने तोलामा १० रुपैयाँ नै बढेर चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।