मोरङ– भारतीय सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। 
पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–१३ का नरेन्द्र पाख्रिङ तामाङ रहेका छन्। उनलाई करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो। 
२५ जना युवालाई इन्डियन आर्मी बनाउँछु भन्दै जनही ५–६ लाखका दलले उक्त रकम उठाएर पाख्रिङले ठगी गरेका थिए।
ठगी गरेको उजुरी पर्नेबित्तिकै इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले आइतबार उनलाई घरबाटै पक्राउ परे। यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।