काठमाडौं– विद्रोही कैदीलाई आममाफी दिनेगरी सरकारले ल्याएको अध्यादेशको सर्वत्र विरोध भइरहेको छ।
सत्तारुढ र सत्ताबाहिरका नेताहरुले यो कदमलाई गलत भनेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यस कदमलाई राजनीतिक निर्लज्जताको पराकाष्टा भएको प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालमा ट्विट गर्दै उनले अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको बताएका छन्। उनले केही दिनमै संसद् बस्ने अवस्थामा यस्तो अध्यादेश ल्याइनु त्यस्तो के आपत आइलागेको थियो र? भन्दै प्रश्न गरेका छन्।
उनले भनेका छन्, ‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता? ३ हप्ता? त्यस्तो के आपतकाल लागेको थियो र १-२ हप्ता पनि कुर्न नसकिने? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ, नयाँ संसद्को अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।