काठमाडौं– आजभन्दा ३४ वर्षअघि पेन एम १०३ फ्लाइटमा भएको बम ब्लास्ट घटनामा एक लिभियाई व्यक्तिलाई पक्राउ गरिएको छ। स्कटल्याण्डका अधिकारीका अनुसार ती व्यक्तिलाई अमेरिकी प्रहरीको हिरासतमा राखिएको छ।
उनले उक्त हमलाका लागि बम तयार गरेको आरोप लागेको छ। अमेरिकाले दुई वर्षअघि नै अबू अगिला मसूदविरुद्ध आरोप तय गरेको थियो।
उनले २१ डिसेम्बर १९८८ मा भएको पेन एम बम ब्लास्टमा महत्वपूर्ण निभाएको अमेरिकाले बताएको थियो। उक्त हमलामा बोइङ ७४७ मा सवार सबै यात्रु र केही स्थानीय गरी २७० व्यक्तिको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।