काठमाडौं– हिमालयन बैंकले सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकका लागि नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्ने व्यवस्था मिलाएको छ।
हिमालयन बैंक र नेपाल क्लियरिङ हाउसबीच भएको सम्झौता अनुसार ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्टका देशभरका शाखाहरुमा एचआई–एमबी मोबाइल बैंकिङ, कनेन्ट आइपीएस मोबाइल या अन्य कुनै नेपाल पे क्यूआर सुविधा भएको मोबाइल बैंकिङबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।
यसरी भुक्तानी गर्दा सम्झौताअनुसार ग्राहकले अधिकतम १० प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। क्यासब्याक अफर नेपालभरीका सेल्सबेरीका शाखाहरुमा मंसिर २५ देखि पुस ३० गतेसम्म उपलब्ध हुनेछ।
सेल्सबेरीमा नेपाल पे क्युआरको सेवा हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुरु गरिएको हो। देशको सबैभन्दा ठूलो रिटेल स्टोर मध्येको सेल्सबेरीको स्टोरमा लागू गरिएको नयाँ अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।