नयाँ दिल्ली- केही दिनअघि सार्वजनिक भएको नतिजामा गुजरात विधान सभामा भारतीय जनता पार्टी(बीजेपी)ले प्रचण्ड बहुमतले जितेको छ।
तर, जम्मा १८२ विधान सभा सदस्यमा ४० जनाविरुद्ध अदालतमा आपराधिक मुद्दा दर्ता भएको तथ्य सार्वजनिक भएको छ। उक्त जानकारी उम्मेदवारको शपथ पत्रका आधारमा दिइएको बीबीसी हिन्दीले जनाएको छ।
आपराधिक मुद्दा सामना गरिरहेका ४० मध्ये २९ विरुद्ध गम्भीर प्रकृतिका मुद्दा छन्। हत्याको प्रयास र बलात्कार रहेको बताइएको छ।
ती २९ मध्ये २० जना बीजेपीका रहेका छन्। ४ कांग्रेस, २ आम आद्मी पार्टी र २ स्वतन्त्र उम्मेदवारविरुद्ध गम्भीर मुद्दा चलिरहेका छन्।
एडीआरको शोधअनुसार २०१७ मा जितेका ४७ विरुद्ध आपराधिक मुद्दा थिए। विधायक बनेका तीन सदस्यले आफूविरुद्ध हत्या प्रयासको मुद्दा चलिरहेको शपथ पत्रमै स्वीकारेका छन्।
चुनाव जितेकाहरु विरुद्ध महिलाविरुद्ध हिंसा गरेको अपराधमा पनि मुद्दा चलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।