फाइल तस्बिर।
काठमाडौं– निर्वाचनको परिणामलगत्तै नेकपा एमालेका सचिव रघुवीर महासेठ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। महासेठ शनिबार साँझ काठमाडौंबाट दिल्ली उडेका थिए।
महासेठ किन दिल्ली गए भन्ने खुलाइएको छैन। तर, उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको दूत बनेर राजनीतिक भेटघाटका लागि गएको स्रोतले बताएको छ।
निर्वाचनपछि नयाँ सरकार गठनको तयारी भइरहेका बेला काठमाडौंमा भारतीय र अमेरिकन राजदूतको राजनीतिक भेटघाट बढिरहेको छ।
यही बेला एमाले सचिव महासेठ दिल्ली जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले केही दिनअघि एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।