काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताले मन पराएका छैनन् भने नेताहरुले फकाउन पनि सक्नुपर्ने बताएका छन्। उनले जनतालाई फकाउने, जनतालाई साथमा लिने, जनताको पीडालाई सम्बोधन गर्ने हो भने जनतालाई पुग्ने बताए।
भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘जनताको पनि असम्भव मागहरु कमै हुन्छन्। त्यसैले जनतासँग एकाकार हुने कुरा महत्त्वपूर्ण कुरा हो।’
उनले समाजमा नकारात्मकता बढिरहेको बताए। ‘यो नकारात्मकताबाट समाजलाई मुक्त गर्नुपर्छ। सकारात्मकतालाई अगाडि बढाऔं। सकारात्मक कुराहरुलाई प्रोत्साहन दिऔं। अघि बढ्नका लागि हौसला दिऔं। उत्साह दिऔं’, उनले भने।
उनले नेताहरुले जनतालाई आश्वासन दिँदा पनि गाह्रो हुने बताए। ‘मैले सुनेँ, विगतमा पूरा हुन नसक्ने खालका आश्वासनहरु दिइए। आश्वासन दिँदा पनि गाह्रो हुँदोरहेछ। तर हाम्रो बानी धेरै आश्वासन दिने छ। धेरै कुराहरु गर्ने। त्यहाँ ठाउँ राख्नुपर्दछ, म सक्दो कोसिस गर्छु। किनकि, मान्छेले सबै पूरा गर्न सक्दैन। जनताका आकांक्षा असीमित हुन्छन्। असीमित आकांक्षालाई पूरा गर्न सकिँदैन। तर गर्नैपर्ने कुराका निम्ति सक्दो कोसिस गर्नुपर्ने आवश्यकता पर्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।