• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

राजमार्ग विस्तारले पुरानो व्यापारिक केन्द्र डुम्रे बजार मासिने चिन्ता

64x64
रासस शनिबार, मंसिर २४, २०७९  ११:४२
1140x725

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा सडक विस्तारका कारण यस क्षेत्रकै पुरानो व्यापारिक केन्द्र डुम्रे बजार मासिने अवस्थामा पुगेको छ। सडक विस्तारका कारण डुम्रे बजारका पुराना बासिन्दा विस्थापित हुने र पुरानो बजार मासिने अवस्था रहेको छ।

राजमार्ग विस्तारका लागि मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्ग छेउका घरटहरा हटाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ। योजनामा सम्झौता भएअनुरुप पश्चिम खण्डभन्दा बढी घरटहरा पूर्वी खण्डमा हटाउनुपर्ने रहेको छ।  

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्गको छेउमा रहेका घरटहरा हटाउन सूचना जारी गरेपछि बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारकी ७५ वर्षीया एकल महिला सरस्वती श्रेष्ठ विस्थापित हुनुपर्ने अवस्थामा पुगेकी छन्। 

‘आफ्नो घरमूलीले बनाएको घर छोडेर जान मन छैन। परान यहिँ जाओस् भन्ने थियो। सर्नुपर्ने भएको छ तर, जाने ठाउँ छैन। रोगी छु कसरी घर बनाउने? गाँसबास उठीबास भएको छ’, उनले भनिन्, ‘हामीजस्ता घर बनाउन नसक्ने लाई सरकारले नै व्यवस्था गरे हुने हो। त्यस्तो गर्दैन।’

आयोजनाले राजमार्ग विस्तारका क्रममा हटाउनुपर्ने भए पनि उनको अन्यत्र घर निर्माण गर्नसक्ने अवस्था छैन। ‘बाटो बढाउने भनेर हामीजस्ता काम गर्न नसक्ने लाई त उठीबास लगायो। पैसा दिएर मात्र के गर्नु आफूले घर बनाउन सक्दिन। खै अर्को ठाउँमा घर बनाउन जन पनि छैन धन पनि छैन। हामी जस्ताको घर कसले बनाइ दिने हो’, सरस्वतीले भनिन्। 

सडक विस्तारका क्रममा डुम्रे बजारको अस्तित्व मेटिने सोही स्थानका ६३ वर्षीय जीवनकुमार श्रेष्ठ बताउँछन्। राजमार्ग विस्तारले घरबारविहीन बनाएको उनले दुखेसो व्यक्त गरे। योजनाले दिएको रकमले घर बनाउन पनि र जग्गा पनि नभएका व्यक्तिलाई राज्यले नै व्यवस्थापन गर्नसके सहज हुने उनको भनाइ छ। 

एकल ज्येष्ठ नागरिकका समस्या समाधान गर्न सरकारले घर भत्काएपछि घर नै उपलब्ध गराउनुपर्ने ४८ वर्षीया एकल महिला बट्टै श्रेष्ठले बताइन्। ‘घर भत्काएर हामी कहाँ जाने? घर बनाउन पुग्ने रकम आउँदैन। हामीजस्ता विपन्न र एकललाई समस्या निम्त्याएको छ’, उनले भनिन्। 

तनहुँ उद्योग वाणिज्य सङ्घ महिला उद्यमी व्यवसायी समिति पूर्वसभापति सरिता श्रेष्ठ पियाले तनहुँ, लमजुङ, मनाङ र गोर्खाको ऐतिहासिक व्यापारिक केन्द्रको संरक्षण राज्यले गर्नुपर्ने बताइन्। पहाडकी रानी बन्दीपुरको ऐतिहासिक व्यापारिक महत्वपूर्ण क्षेत्रको संरक्षणमा सरकारको दायित्व भएको उनले बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘साँगुरिएको क्षेत्रमा बसेको बजारलाई मासिने गरी राजमार्ग विस्तार गर्नुहुँदैन। ऐतिहासिक बजारको संरक्षणका लागि राजमार्ग विस्तारका क्रममा बजार क्षेत्रमा केही कम दूरी बनाएर संरक्षण गर्नुपर्छ’, उनले भनिन्, ‘कुनामा पहाड र छेउमा खोला रहेकाले डुम्रेको बस्ती हटेपछि सडकको महत्व रहँदैन। बजारको संरक्षण गरेरै राजमार्ग निर्माण गर्नुपर्छ।’

यहाँको बजार विस्थापनले व्यापारिक क्षेत्रको औचित्यको अन्त्य गर्ने उनको भनाइ छ। ‘प्रधानमन्त्रीले डुम्रे बजारको संरक्षण गर्ने आश्वासन दिनुभएको छ। हामी विश्वस्त छौं। सरकारमार्फत् नै संरक्षण हुन्छ भन्ने आशावादी छौं’, पियाले भनिन्। 

डुम्रे क्षेत्रको साँगुरिएको ठाउँमा एकल परिवारका घर बढी रहेको र सडक विस्तारको क्रममा घर भत्काएपछि राज्यले बासको व्यवस्थापन गर्नुपर्ने पिया बताउँछिन्।  ‘एकल परिवारका लागि जग्गा नै बाँकी रहँदैन। उहाँहरुको सन्तान नभएका परिवारलाई सरकारले नै बासको व्यवस्थापन गर्नुपर्छ’, उनले भनिन्। 

उद्योग वाणिज्य संघ डुम्रे बजार एकाइका सभापति हेमलाल विकले राजमार्ग विस्तारले डुम्रे बजारको ऐतिहासिक व्यावसायिक क्षेत्रको अस्तित्व हराउने बताए। 

राजमार्गले डुम्रे बजारमा २५ मिटर विस्तार गर्दा २० देखि २५ घर मात्रै बाँकी रहने उनी बताउँछन्। ‘हामी विकास विरोधी होइनौं। ऐतिहासिक क्षेत्रको संरक्षण हुनुपर्छ। घरबारविहीन हुने अवस्थामा पुगेका व्यक्तिको संरक्षणको सरकारले जिम्मा लिनुपर्छ’, विकले भने। 

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजना पूर्वी खण्डका सामाजिक विज्ञ चिन्तामणि शर्माले योजनाले जमिनरहित व्यवस्थापन गर्न लागेको बताए। एकल तथा ज्येष्ठ नागरिकलाई एकदेखि तीन महिनासम्मको घरभाडा व्यवस्थापन गरिएको उनले जानकारी दिए। 

‘राजमार्ग विस्तारका क्रममा वडा तथा स्थानीय तहसँगको सहकार्य एवं समन्वयमा ज्येष्ठ नागरिक तथा एकल व्यक्तिको व्यवस्थापन गर्ने योजना बनाएका छौं’, शर्माले भने, ‘त्यस्ता व्यक्तिको हकमा स्थानीय तहसँग समन्वय गरेर व्यवस्थापन र विकास निर्माणका कार्य अगाडि बढाउनेछौं।’

तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले घर भत्काउँदा लाग्ने खर्च व्यक्तिले नै व्यवस्थापन गर्नुपर्ने बताए। राजमार्ग घरटहरा भत्काउँदा लाग्ने खर्चबाहेक स्थानान्तरणका लागि सोही व्यक्तिले नै गर्नुपर्ने प्रावधान रहेको उनले बताए। 

‘ज्येष्ठ नागरिक तथा एकल भएको खण्डमा उहाँहरुलाई थप २१ हजार व्यवस्था गरिएको छ। प्रशासन तथा सरकारले बनाइदिने अहिलेसम्म प्रावधान छैन’, उनले भने।  

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी निर्माण कार्य भइरहेको छ। पूर्वी खण्डअन्तर्गत मुग्लिनबाट जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो।

४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यस राजमार्गको साइडमा ग्याबिन जाली लगाउने तथा पर्खाल लगाउने कार्य भइरहेको छ। 

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा राजमागृ विस्तार गरेर चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ। 

चार लेनको राजमार्ग बनाउँदा सडक सीमा दुईतर्फी २५–२५ मिटर र बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर र दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ११:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
‘प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्’ :ओली आइतबार, असोज ४, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? आइतबार, असोज ४, २०८३
महेश बस्नेतको दाबी : ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति आइतबार, असोज ४, २०८३
राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले कार्यदल बैठकको निर्णय आइतबार, असोज ४, २०८३
रसुवा बाढी पहिरोबारे सरकारको काम समीक्षा गर्न नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्